एक दर्जन हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ?
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १६:१८:१९
३० वैशाख, काठमाडौं । बजारमा आईपीओ निष्कासनको लहर चलेको छ । यतिबेला एक दर्जन हाईड्रोपावर कम्पनीको करिब ४ अर्ब रुपैयाँ बराबरको ४ करोड कित्ता आईपीओ पाइपलाइन छ ।
बोर्डले निष्कासन अनुमति दिए पश्चात यी १२ कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । पछिल्लो समय नेपाली शेयर बजारले प्राय दिनउँ जसो नयाँ रेकर्ड बनाउन थालेसँगै लगानीकर्ताहरू उत्साहित बनेर आईपीओमा लगानी गरिरहेका छन् ।
हालै मात्र आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सको आईपीओमा करिब ११ लाख बढी आवेदकले आवेदन दिएका थिए ।
यतिबेला शेयर बजारमा दिनैपिच्छे डिम्याट खाता खोल्ने र आईपीओमा आवेदन दिन संख्यामा अचाक्ली वृद्धि भएको पाइन्छ । दिनैपिच्छे कायम भइरहेको रेकर्डले गर्दा बजारमा विभिन्न कम्पनीले आईपीओ निष्कासन गर्ने होड नै चलेको छ ।
जसमध्ये यतिबेला १२ हाईड्रोपावर कम्पनी आईपीओ निष्कासन गर्न बोर्डको अनुमति कुरिरहेका छन् । हालै सिंगटी हाइड्रो इनर्जी, रु रु जलविद्युत, ग्रीन लाइफ, मध्ये–भोटेकोशी, सीइडीबी लगायतका कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएर आईपीओ बिक्री गरेका हुन् ।
यतिबेला बोर्डको अनुमतिको पर्खाइमा सयपत्री हाइड्रोपावर कम्पनी, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, उपर सोलु, वुद्ध भूमी, बलेफि हाईड्रो, समलिङगी हाईड्रो, साहस उर्जा कम्पनी लिमिटेड, इमर्जिङ्ग नेपाल लिमिटेड, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी लिमिटेड रहेका छन् ।
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
पिपुल्स हाइड्रोपावर कम्पनी
पिपुल्स हाइड्रोपावर कम्पनी चाडैं नै आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा जाने कम्पनीले जनाएको छ । कम्पनी लिमिटेडले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले उक्त आइपिओ निष्कासन तथा बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडको १२ लाख ३० हजार, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को १२ लाख, सयपत्री हाइड्रपावर लिमिटेडको ९० लाख कित्ता आइपिओ आउने प्रक्रियामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार