निषेधाज्ञा थपियो: मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १, २०७८ शनिबार १४:४७:२३
१ जेठ, जाजरकोट । कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो । जाजरकोटमा कोरोनाले दुइ जनाको मृत्यु भइसकेको छ ।
जिल्ला अस्पतालमा १०३ आइसोलेसन शय्या, आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३ र साधारण आइसोलेसन ३३ छ । थप अक्सिजन सिलिण्डर खरिद गर्न वुधबार बोलपत्र आह्वान गरिएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ । प्रत्येक पालिकाले अक्सिजन सिलिण्डर खरिद गरिरहेका छन् । भेरी नगरपालिकाले सङ्क्रमित बिरामीलाइ ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स असारसम्मलाई भाडामा लिएको छ । स्वाव सङ्कलन, कन्टयाक्ट टे«सिङ, कोरोना अनुगमनको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । नगरपालिकाले एम्वुलेन्स र शववाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुरयाएको छ ।
दुइ दिनको तलवभत्ता कोभिडमा
यसै बीच भेरी नगरपालिकाले जनप्रतिनिधी, शिक्षक र मातहतका सबै कर्मचारीको दुई दिनको तलब सुविधा कटाएर विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ । त्यसरी कटाईएको तलब रकम सात लाख भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महमारीमा खटिने स्वास्थ्यकर्मीको भने तलब सुविधा कटाएको छैन ।
बढ्दो जोखिम नियन्त्रण गर्न संक्रमितका लागि अक्सिजन सिलिन्डर सहितको १४ शय्याको आइसोलेसन कक्ष, नौ वटा सिलिन्डरको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गत वैशाख १३ यता नगरपालिकाले आठ सय ३८ जनाको परिक्षण गरेकोमा दुई सय ६१ जना पोजेटिभ भएकोमा ५६ जनाले कोरोना जितेर गएको जनस्वास्थ्य निरीक्षक निशा थापाले बताए ।
महामारी र सङ्क्रमितको अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा सुरक्षाका सामग्री स्यानिटाइजर, मास्क, व्यक्तिगत सुरक्षा सामग्री लगायतका सामग्री नगरपालिका मातहतका पाँच स्वास्थ्य चौकी र सात आधारभुत वडा स्वास्थ्य सेवा केन्द्रमा वितरण गरिएको नगरस्वास्थ्य शाखाका दिपक ओलीले जानकारी दिए । परिक्षण गर्ने किटको अभावमा दायरा बढाउन समस्या भएपनि पहल भैरहेको उनले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार