आइतबार , असार ६, २०७८

प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै

नाफा कमाउने कुनै योजना होइन, मानवीय सेवाको लागि लागत मुल्यमा नै वितरण गर्छौ: अध्यक्ष घिमिरे

प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै

१ जेठ, काठमाडौं । मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादाँ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाउनेहरुको संख्या दिनदिनै बढीरहेको छ । यही समस्यालाई मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने तयारी थालेको छ ।

संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजन व्याग, अक्सिजन माक्ससहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो । एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वमा रहेको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिस्ठानहरुको ग्रुप हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पछिल्लो समय अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यकता अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफुहरुले अक्सिजन व्याग ,अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन लागेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग , ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाइमार्गबाट पर्सी सोमबारसम्म काठमाडौं आइपुग्ने बताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै उपलव्ध गराउने समेत जानकारी दिएका छन् ।

एसजी ग्रुपले चीनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट यही जेठ ७ गतेसम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नु पर्दछ भन्नेमा घिमिरेले जोड दिए । उनले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसँग रहेको सुनाए ।

तल्काल स्वास्थ्य संस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार ५५ मिनेट पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त ७ घण्टा पहिले
बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी २ घण्टा पहिले
राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! १० घण्टा पहिले
आज तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना आज तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना ११ घण्टा पहिले
मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटो निर्माण जारी २ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ४ घण्टा पहिले
माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त २० घण्टा पहिले