आइतबार , असार ६, २०७८

सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

१ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न शुरु गरेको छ । बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड यस बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो ।

उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ । यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने आशा बैंकले गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतना सम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई स्तरीय बैंकिङ्ग सेवा दिंदै आइरहेको बै.कले जनाएको हो । सोही क्रममा हालको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाम्रा ग्राहक महानुभावहरुको बैंकिङ्ग सेवालाई अझ प्रभावकारी तथा निरन्तरता प्रदान गर्न विगतमा झै यस बैंकले Digital Banking को स्तरोन्नति गर्दै अब्बल सेवा प्रदान गर्ने पनि बै.कले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक आजदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै एनआईसी एशिया बैंक ११ घण्टा पहिले
भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार ६ घण्टा पहिले
पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने ५६ मिनेट पहिले
नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका २३ घण्टा पहिले
मनसुन सुरु भएसँगै खेत रोप्न धानको बीउ उखेल्दै किसान मनसुन सुरु भएसँगै खेत रोप्न धानको बीउ उखेल्दै किसान ७ घण्टा पहिले
अवैध दोहन हुने क्रम नरोकिएपछि ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता अवैध दोहन हुने क्रम नरोकिएपछि ‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवा सक्रियता १० घण्टा पहिले
पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका पहिरो र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका १९ घण्टा पहिले
मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी ५७ मिनेट पहिले