भेन्टिलेटर र आइसियूका शय्या चाहिए बिएण्डसी जानु
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:२३:१३
२ जेठ,काठमाडौं । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल संक्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जिकिर गरिएको छ ।
अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलालीलगायत जिल्लाका संक्रमित उपचाररत छन् । महँगो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल संक्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौँसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि संक्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।
अहिले भर्ना भएका संक्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ । शनिबार मात्र जनता बैँकका पूर्वअध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ “अस्पतालमा कोरोनाका संक्रमितका लागि अतिआवश्यक पर्ने भेन्टिलेटर , ,एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ । ” अस्पतालले संक्रमितलाई उपचार गर्न हाल २०० श्यया सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी संक्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।
अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । “ महामारीसँग जुध्न ’¥यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने संक्रमित वृद्धि भएमा आवश्यक प¥यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ । ”कार्यकारी निर्देशक प्रसाईँले भने ।
विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार