विभिन्न अवैध हातहतियार तथा सामानसहित चार जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १८:२२:१९
२ जेठ, खोटाङ । खोटाङ प्रहरीले विभिन्न अवैध हातहतियार तथा सामान सहित चार जनालाई पक्राउ गरेकाे छ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४२ वर्षीय डम्बर बहादुर कार्की, उनकै भाइहरु ३५ वर्षीय द्रोण कुमार कार्की तथा २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बहादुर बिक रहेका छन् ।
उनीहरुमध्ये डम्बर बहादुरको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, ३९ बट्टा सलाई, २५ ग्राम गन्धक, १ किलो ६ सय ८० ग्राम सोडा, भरुवा बन्दुकमा प्रयोग हुने फलामको धातुको छर्रा, सिङ सहितको मृगको टाउको, जंगली जनावर सालकको ४ सय ८० ग्राम खबेटा, द्रोण कुमारको घरबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा, १ किलो २ सय ग्राम सोडा, ४० ग्राम गन्धक, रबिन्द्रको घरबाट १ थान भरुवा बन्दुक, ५० ग्राम फलामको छर्रा र कृष्ण बहादुरको घरबाट बनाउँदै गरेको बन्दुकको १ थान बट, भरुवा बन्दुकको नाल जस्तो देखिने ५ थान फलामको पाईपहरु, भरुवा बन्दुकको गज जस्तो देखिने १ थान फलामको रड, बन्दुक बनाउने फलामको छिनो, रेती समेतका औजार र सामग्रीहरु प्रहरीले बरामद भएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार