डोटीमा वनमन्त्रीले पठाए २२ थान अक्सिजन सिलिन्डर
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १८:५७:३४
२ जेठ,काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाएका छन् । अक्सिजन नभएर कोरोना संक्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।
जिल्लामा अक्सिजन नहुँदा कोरोना संक्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा नेपालगञ्जबाट जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
उनका अनुसार मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ । जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुशी हुनाका साथै कोरोना संक्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए ।
यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच अक्सिजन कन्सेन्टे«चर मेशिन पठाउने जानकारी दिनुभएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार