यी हुन् एमालेभित्र चार पाउ धर्ती ल्याउने युवा हस्ती
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १५:२७:६
३ जेठ, काठमाडाैं । एमालेको नवौ महाधिवेशनपछि पार्टीभित्र स्थायी प्रतिपक्षीको भूमिकामा रहेकाे माधवकुमार नेपाल समूह अन्नतः पार्टीको आन्तरिक विवाद मिलाउने दिशामा उन्मुख भएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद मिलाउन २०७५ जेठ २ गतेको अवस्थाबाटै अघि बढ्ने प्रतिबद्धता जनाएपछि नेपाल समूह विवाद मिलाउने दिशामा उन्मुख भएको हो ।
एमालेको पूर्ववत संरचना (२०७५ जेठ २) मा नफर्कने ओलीको अडान र पूर्ववत संरचनामै फर्कनु पर्ने नेपाल समुह दुवै एकएक कदम पछाडि हटेर त्यही बिन्दुबाट विवाद मिलाउने गरी कार्यदल बनाउन सहमत भएका छन् । यसले गर्दा एमालेभित्रको विवाद केही दिनका लागि मत्थर भएकाे छ । अस्ती ओली नेपालबीच चार घण्टा लामो संवादपछि दुवै नेता कार्यदल बनाएर जान सहमत भएका थिए । नेपालले पदाधिकारीसहित २०७५ जेठ २ गतेको बैठक राख्नु पर्ने अडान र त्यसपछि गर्ने विषयवस्तुवारे आफ्ना धारणा राखेका थिए ।
नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचारसंहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनु पर्ने, नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्नुपर्ने, पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गनुपर्ने, पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्नुपर्ने , पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने, यथासमयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने जस्ता विषयमा ओली नेपालबीच छलफल भएको थियो ।
ओलीले २०७५ जेठ २ अगाडिको अवस्थामा पार्टीलाई फर्काउने भएपनि पदाधिकारीहरुलाई राख्न नसकिने अडान लिएका थिए । ओलीकै अडानले नेपाललाई एककदम पछाडि धकेली २०७५ जेठ २ मा पुगेर सबै कमिटीहरुको विषयमा कार्यदल बनाउन सहमत भए । खासगरी नेपाल समूहले निर्माण गरेको समानान्तर कमिटीमा रहेका नेताहरुलाई के गर्ने र नेपाल पक्षको नेतृत्वमा रहेका जिल्ला कमिटीलाई के गर्ने भन्ने विषयमा चार घण्टासम्म छलफल गर्दा पनि नटुंगिएपछि ओली-नेपालले कार्यदलले जे निर्णय गर्छ, त्यही मान्न तयार भए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपाको रुपमा रहेका दुई पार्टी एमाले र माओवादी केन्द्रलाई आफ्नो आफ्नो पार्टीमै फिर्ता पठाइदिएकाे थियाे ।
जसले गर्दा बाध्य भएर माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको प्रेम बीचैमा टु्ट्यो र नेपाललाई एमालेमै फर्किन बाध्यकारी बनायो । तर ओलीले फागुन २८ गते नेपाल बिना नै एमालको बैठक राखेर नेपालसहित उनका समूहका सबै नेताहरुलाई जिम्मेवारीविहिन बनाईदिएका थिए । त्यसपछि नेपाल पक्षले चैत्र ५ र ६ गते राष्ट्रिय कार्यकर्ता भेला राखेर देशभर समानान्तर कमिटी बनाउँदै गयो । समानान्तर कमिटी बनाउँदै गएपछि ओलीले नेपालसहित चार नेतालाई पार्टीबाटै निलम्बन गरिदिए । यसपछि पार्टी विभाजनतर्फ उन्मूख भयो । गत कात्तिक २५ गतेदेखि तत्कालीन नेकपाबाट ‘पत्र युद्ध’को शुरुवात भएपछि त्यसको असर अहिलेको एमालेभित्र परिरहेकाे छ ।
त्यसकै जगमा उभिएको विवादले एमालेभित्रै उग्ररुप लियो । ओलीले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी महाधिवेशन आयोजक कमिटी बनाए । माओवादी केन्द्रबाट रहेका २३ जनालाई आयोजक कमिटीमा समावेश गरेर जिम्मेवारी दिएपछि एमाले भित्रको विवाद मिल्नै नसक्ने गरी अघि बढ्यो । जब नेपाल समूहले पार्टीभित्र बस्न नसक्ने गरी सन्देश प्रवाह गर्न थाले, ओलीलाई अप्ठेरो हुँदै गयो । अलग संरचना बनाएर बसेका खनाल–नेपाल समूहका नेता–कार्यकर्ताले एमाले विभाजनतर्फ लागिरहेका बेला प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरे । एमालेभित्रको विवादमा नेपाल पक्षलाई टेक्ने धर्ती नै थिएन ।
जब उनीहरुले पार्टीभित्र टेक्ने धर्ती नभएको महशुस गरे, त्यसपछि उनीहरु नयाँ पार्टी निर्माणको दिशामा अघि बढेको जानकारी बालुवाटारमा पुग्यो । त्यसपछि भने बालुवाटारमा बस्ने नेताहरु भन्दा फिल्डमा भएका नेताहरु बढी विचलित भए । फिल्डमा भएका नेताहरु मध्ये छविलाल विश्वकर्मा र किरण गुरुङले दुई पटक प्रधानमन्त्रीलाई भेटेर पार्टीको विवाद मिलाउन आग्रह गरे । त्यसैगरी प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा गरेपछि प्रदीप ज्ञावाली, पार्वत गुरुङ, लिलानाथ श्रेष्ठ, विशाल भट्टराई लगायतका धेरै नेताहरुले ओलीलाई भेटेर मिलाउन दबाब दिए । त्यो भन्दा अघि विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भूषालसहित पौडेल निवासमा चार घण्टा छलफल भएको थियो । वैशाख २० गते भएको भेटमा घनश्याम भूषालले पार्टी मिलाउने भए ओली नै लचिलो हुनुपर्ने बताएका थिए ।
दुवै नेतालाई होटल मेरियटमा भेटघाट गराउने पात्र हन्, योगेश भट्टराई । उनले निरन्तर प्रधानमन्त्रीसँग संवाद गरिरहे । उनले पार्टीमा हामीले जित्ने त भएनौ तर तपाईलाई हराउनचाहि काफी मत छ भनेर मतभार समेत बताएपछि ओली निकै गम्भीर भएका थिए । उनले त्यतिबेला तपाई लगातार प्रधानमन्त्री भैरहनु भएको छ । पार्टी विभाजन गर्दा तपाईको शीर उचो हुन्छ कि निच हुन्छ, त्यो पनि ध्यान दिनुहोला भन्दै उनले ओलीसँग निरन्तर वार्ता गरिरहे । त्यसमा पछिल्लो पटक गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भूषाल पनि जोडिए । विश्वासको मत लिने अघिल्लो दिन पनि उनीहरुले प्रधानमन्त्रीलाई पार्टी मिलाउन व्यापक दबाब दिए ।
यता माधवकुमार नेपाललाई पनि नयाँ पार्टी कुनै पनि हालतमा बनाउन हुँदैन भनेर दबाब दिने योगेश भट्टराई नै थिए । उनले मात्रै पछिल्लो दिनमा खुलेरै नेपाललाई नयाँ दल खोल्न नहुनेमा फरक मत राखेका थिए । एक महिना अघि मेघा बैक्यूटमा भएको भेलामा डा. विजय पौडेलले पार्टी विभाजन गर्नुपर्छ भन्ने मत राख्दा भट्टराईले तपाई एक्लै जानुस भनेर ठाडो जवाफ दिएका थिए । तर ओलीले लामो समय वेवास्ता गर्न थालेपछि पछिल्लो पटक दोस्रो पुस्ताका नेताहरु पनि निराश बनेका थिए । त्यति नै बेला घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले राजीनामा गरेर ओलीका विरुद्ध जानुपर्ने प्रस्ताव लगे । त्यसपछि भीम रावलले सांसदहरुको राजीनामाका लागि हस्ताक्षर नै संकलन गरेर बोक्न थाले ।
दिनहुँजसो एमालेमा माधव नेपाल पक्षको जुम बैठक हुन थाल्याे । साे मिटिङमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी, बेदुराम भुसालहरूले पार्टी विभाजनका लागि दस्तावेज नै लेख्न शुरु गरेको जानकारी दिएका थिए । ओलीसँग मिल्नै सकिँदैन, फागुन २८ गते नै ओलीले पार्टी फुटाइसके भन्ने उनीहरुको धारणा थियो । भीम रावल र वेदुराम भूषालले त अलग्गै राजनीतिक प्रतिवेदन नै तयार रहेकाे बताएपछि योगेश भट्टराईले नयाँ दलका लागि शुभकामना छ तर मेरो साथ छैन भनेपछि माहोल नै विग्रिएको थियो । सुरेन्द्र पाण्डे, गोकर्ण विष्टले पनि पार्टी विभाजन गरेर जानु हुँदैन भन्ने धारणा राख्दै गर्दा भीम रावलले ओलीसँग मिलेर बस्न नसक्ने भनेका थिए ।
त्यहीबेला भट्टराईले अब को को मिल्ने हो, होइन, त्यो पछिको कुरा हो तर पार्टी विभाजन गरेर जाँदा नयाँ जनाधार, विचार, सिद्धान्त र संरचनामा समेत अप्ठेरो पर्ने र नेकपा एमाले दुई वटा हुन नसक्ने धारणा राखेका थिए । त्यही बेला ओलीले राजीनामा रोक्न र बैकल्पिक विधि अपनाउन सन्देश पठाए । सिंहदरवारमा भएको छलफलमा सांसद पदबाट राजीनामा दिन कि नदिने भन्ने विषयमा विवाद भएपछि माधव नेपालले त्यहाँको परिस्थिति विग्रने देखेर राजीनामा रोक्ने र अनुपस्थित हुने निर्णय गराएका थिए । सो निर्णयपछि विष्णु पौडेलले भट्टराई, विष्ट र भूषाललाई भेटेर कारवाही नहुने तर राजीनामा रोक्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री बैशाख २७ गते विश्वासको मतमा असफल भएको दुई दिनपछि ओलीका तर्फबाट गोकुल बाँस्कोटा माधव नेपालको घरमा पुगेका थिए । बाँस्कोटाले माधव नेपालसँग डेढ घण्टा कुरा गर्दा गोकर्ण विष्ट पनि साथमै थिए । त्यतिबेला नेपालले ओलीको कुनै विश्वास छैन भनेपछि बाँस्कोटाले आफूले ओलीलाई मनाउने बताएर बाहिरिएपछि पौडेलले नेपाललाई फोन गरेर आफू बिहान घरमा आउने बताएका थिए । पौडेल नेपालको घरमा पुगेर फागुन २८ को निर्णय पुर्नविचार गर्ने र २०७५ जेठ २ को वरिपरिमा रहेर सहमति खोज्ने जनाएपछि ओली-नेपाल संवादमा बस्न राजी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार