आइतबार , असार ६, २०७८

कैलालीमा मिनी अक्सिजन प्लान्ट जडान गरिने

कैलालीमा मिनी अक्सिजन प्लान्ट जडान गरिने

३ जेठ,धनगढी । दोस्रो चरणको कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।

सो नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम रु ५० लाख बजेट माग गरिएकामा तत्कालका लागि रु १५ लाख निकासा हुने नगरप्रमुख बजगाईंले बताए ।

करीब न्यूनतम रु ३० देखि बढीमा रु ५० लाख रकमले मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको जनाउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाइने बताए । लगत्तै काम शुरु गरी अक्सिजन मेशिन खरीदका लागि बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय