आइतबार , असार ६, २०७८

डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर सहयोग

डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर सहयोग

३ जेठ,काठमाडौं । अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा नेपालगञ्जबाट पठाइएका २२ थान भरिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाई आज हस्तान्तरण गरिएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना संक्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएपछि मन्त्री आलेको पहलमा आफुहरुले नेपालगञ्ज गएर अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरेको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियानकर्मी यादव जोशीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जोशीका अनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि पहल गरेपछि भरिएका सिलिन्डरको रकम बोलन्याथलीले सङ्कलन गरेको आर्थिक सहयोगबाट तिरी उक्त सिलिन्डर डोटी पु¥याइएको हो । अक्सिजन नभएर कोरोना संक्रमणका बिरामी आक्रान्त भएको जिल्लामा अक्सिजन सिलिन्डर आएपछि बिरामीका आफन्त निकै खुशी भएका छन् ।

जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूलो १७ तथा सानो पाँच गरी जम्मा २२ सिलिन्डर बोलन्याथलीका डोटी संयोजक जितबहादुर खड्काले आज हस्तान्तरण गरेका छन् । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउदैँ वर्षौदेखि सहयोग गर्दै आएको छ ।

यसैगरी मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने  चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने  १९ घण्टा पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए ३२ मिनेट पहिले
सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याज कति पाइने ? ११ घण्टा पहिले
बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध ५७ मिनेट पहिले
रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी १८ घण्टा पहिले
करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु ८ घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव ५ घण्टा पहिले
राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! ८ घण्टा पहिले