आइतबार , असार ६, २०७८

अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै

अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै

३ जेठ, काठमाडौं । सरकारले अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै केही हप्ता अझै चुनौतीपूर्ण रहेकाले संयमित भई एकजुट भएर काम गर्न सबैसँग आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाइँमा लागिपर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न सकेको छैन।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनीतिक कार्यको नाममा हुने ठूला जनमानस संक्रमणको कारण रहेको औंलाइएका छन्। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण बढिरहेको उनको भनाइ छ। उनले निषेध आदेशको समयमा अझै पनि मानिस आवतजावत ५९ प्रतिशत मात्र कमी आएको भन्दै त्यसमा पूर्णतया रोक लगाउनुपर्नेमा जोड दिए।

मन्त्रालयका अनुसार मोरङ, काठमाडौं, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिममा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय