आइतबार , असार ६, २०७८

दैलेखमा कोरोनाले एउटै समुदायका ९ जनाको मृत्यु

दैलेखमा कोरोनाले एउटै समुदायका ९ जनाको मृत्यु

४ जेठ, दैलेख । दुल्लु नगरपालिका-१२, गौरीमा कोरोना संक्रमणबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ। वडामा कोरोना संक्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो।

मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीनजना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको थियाे ।  उनीहरूको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए। अन्य ६ मध्ये दुईजनाको भारतमा मृत्यु भएको थियो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बाँकी चारजनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए। यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र ९ जनाको कोरोनाका कारण मृत्यु भएको हो।

एउटै समुदायभित्र ९ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ। दुल्लु-१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।

स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएको भन्दै उनले अधिकांशमा ज्वरो र रुघाखोकी रहेको बताए। औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय