आइतबार , असार ६, २०७८

बजेट अगावै संसद भंग गर्ने दाउ

बजेट अगावै संसद भंग गर्ने दाउ

४ जेठ, काठमाडाैं ।  सरकारले नयाँ आर्थिक वर्षको अनुमानित खर्च व्ययको विवरण बजेट पेश गर्ने दिन आइसक्यो । संविधानमै जेठ १५ गते बजेट पेश गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ । तर बजेट कसरी प्रस्तुत गर्ने भन्ने अन्योलमा सरकार रहेको छ ।

भर्खरै मात्र अल्पमतको सरकारमा रुपान्तरण भएको केपी ओली नेतृत्वको सरकारले यथास्थितिमा संसद्मा बजेट प्रस्तुत गर्ने आँट गर्न सकिरहेको छैन । किनभने वहुमत निश्चित भइसकेको छैन । संसद्बाट अस्वीकृत हुने गरी ओली बजेट ल्याउने पक्षमा छैनन् । त्यसैले उनको ध्यान पहिला विश्वासको मत आर्जन गर्नेमा केन्द्रित रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा ओलीले छिट्टै विश्वासको मत लिने बताएका थिए । संविधानतः सरकार गठन भएको ३० दिन भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन उनी वजेट भन्दा अगावै चाहन्छन् । त्यसैले मात्र उनको वजेट पास हुने सुनिश्चित गर्छ । तर उनलाई समस्या भनेको जनता समाजवादी पार्टीबाटै छ । किनभने उसले ओलीलाई अझै समर्थन गरिसकेको छैन ।

विश्वासको मत लिने बेला जसपाको ठाकुर–महतो समूह तटस्थ मात्रै बसेको हो । स्रोतका अनुसार, ओलीले जेठ ६ गते नै विश्वासको मत लिन चाहेका थिए । तर महन्थ ठाकुर समूहले समर्थन नगर्ने चेतावनी दिएकाले ओली हच्केका हुन् । ओलीले जसपाको ठाकुर समूहलाई सरकारमा आउन आमन्त्रण गरेका छन् । तर मधेसका माग पूरा नभएको भन्दै जान आनाकानी गरिरहेको छ । अब भने ओली विश्वासको मत पाएपनि नपाएपनि बजेट अगावै परीषण गर्ने निश्चयमा पुगेको स्रोतको भनाई छ । विश्वासको मत नपाए तत्कालै प्रतिनिधिसभा विघटन गर्ने पक्षमा रहेका छन् ।

ओली पक्षीय कानून व्यावसायीहरुको तर्कमा संविधानको धारा ७६(५) मा जानै पर्दैन । किनभने ओलीविरुद्ध कुनै व्यक्तिले वहुमत सिद्ध गर्ने आधार छैन । त्यसैले अब सोझै संविधानको धारा ७६ (७) आकर्षित हुने उनीहरुको तर्क रहेको छ । सोही बमोजिम उनी संसद विघटन गरी अर्ली इलेक्सनमा जान चाहन्छन् । ठाकुर पक्षले विश्वासको मत नदिए वाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपर्ने ओलीले निकटवर्तीहरुलाई बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय ११ घण्टा पहिले
रिलायबल लाइफ इन्स्योरेन्सको सभाले आईपीओ प्रस्ताव पारित गर्दै आज रिलायबल लाइफ इन्स्योरेन्सको सभाले आईपीओ प्रस्ताव पारित गर्दै आज २ दिन पहिले
निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादवपक्ष अदालत जाने निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादवपक्ष अदालत जाने ५ दिन पहिले
उपत्यकाको निषेधाज्ञा खुकुलो, अब साँझबिहान हिँडडुलदेखि केही व्यापार गर्न पाइने उपत्यकाको निषेधाज्ञा खुकुलो, अब साँझबिहान हिँडडुलदेखि केही व्यापार गर्न पाइने ५ दिन पहिले
मदनभण्डारी प्रतिष्ठानलाई स्नातकसम्म अध्यापन गर्ने अनुमति मदनभण्डारी प्रतिष्ठानलाई स्नातकसम्म अध्यापन गर्ने अनुमति ५ दिन पहिले
एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? ६ दिन पहिले
नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु ४ दिन पहिले
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी २२ घण्टा पहिले