जसपाभित्रको सहमतिले हल्लियो ओलीको सत्ता
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार २१:०:४६
४ जेठ, कठमाडौं । नाटकीय रुपमा मिलेको जनता समाजवादी पार्टीले गरेको पछिल्लो निर्णयले प्रधानमन्त्री केपी ओलीको सत्ताको बाग्डोर फेरि हल्लिएको छ । गत वैशाख ३१ मा अल्पमत सरकार बनाउन सफल ओली अब भने लामो समय सत्तामा टिक्न नसक्ने अवस्था निर्माण भएको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज ओली सरकारमा नजाने बरु आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै ओलीको सत्ता डग्मगाएको छ ।
जसपाभित्र राम्रोसँग खेलेका ओलीको चतु¥याईं अब लामो समय नटिक्ने अवस्था छ । ओलीले तत्कालै विश्वासको मत नलिई बजेट पेश गर्ने अवस्था छैन । किनभने जसपाको सहयोग बिना बजेट पास हुने सम्भावना छैन् । जसपाप्रति सहानुभूति राख्ने धेरैले पार्टीको भूमिका प्रभावकारी हुनुपर्ने भन्दै ठाकुर र यादवलाई दबाव दिएका थिए । ओलीले लिएको विश्वासको मतका बेला एमाले लगायत अन्य राजनीतिक दललाई फाइदा पुगेको र जसपाले मात्रै क्षति बेहोर्नुपरेको निश्कर्ष शुभेच्छुकहरुले राखेका थिए ।
विश्वासको मत लिने क्रममा एमालेले पार्टी भित्रको विवादसमेत मिलाउने अवसर पायो, तर जसपाले भने उल्टो विभाजनको रेखा कोर्नुपरेको थियो–मधेसवादी चिन्तक तुलानारायण साहले भने । पार्टी शुभेच्छुकहरुको चर्काे दबाबकै कारण जसपाभित्र आजको सहमति भएको हुनुपर्ने ठम्याई उनको छ । सधैं अरुको भरिया बन्ने कि आफूपनि केही गर्ने भन्ने मूल चुनौती रहेको उनले बताए । मधेसका मुद्धाको हल खोज्न किन ओली वा अरु कसैको भर पर्ने भन्दै उनले आफैं सत्ताको नेतृत्व गर्नेतिर पहल गर्न उनले सुझाए ।
मौका जु¥यो भने अहिले जसपाले सत्ताको नेतृत्व सम्हाल्ने अवसर आउन सक्ने भन्दै उनले त्यसका लागि सग्लो जसपा नै हुनु आवश्यक रहेको बताए । जसपाभित्र विकसित नयाँ समीकरणले मुलुकी राजनीतिलाई फेरि तरंगित पार्ने विश्वास अर्का विश्लेषक पुरञ्जन आचार्यको छ । ओलीले सत्तामा रहँदा कस्तो सम्म कुकर्म गर्दा रहेछन् भन्ने सायद जसपाले पनि बुझेको हुनुपर्छ भन्दै अहिले बनेको सहमति पनि ओलीबाट मुक्ती खोज्ने प्रयास रहेको उनले बताए ।
ओलीले तत्कालै विश्वासको मत लिएर फेरि एकलौटी गर्न खोजेको संकेत पाएपछि शक्ति केन्द्रहरुले जसपामा मेल गराएको उनको अनुमान छ । यसबाट के प्रष्ट भयो भने–अब ओलीको औचित्व समाप्त भइसक्यो । नेपाली जनताले त पहिल्यै विकल्प खोजेका हुन् , तर शक्ति केन्द्रले समेत अब ओली नचाहिने निश्कर्ष निकालेको देखियो –आचार्यले भने ।
जसपाले ओलीको विकल्प दिने समझदारी बनाएपछि त्यसको प्रभाव एमालेको आन्तरिक राजनीतिमा समेत पर्ने देखिएको छ । पार्टी भित्रको विवाद मिलाउने भन्दै ओली र माधव नेपाल पक्षबीच विकसित परिवेश विस्तारै निस्तेज हुने अवस्था छ । ओली र नेपाल पक्षबीच सहमति जुट्न अब अझै गाह्रो हुने ठम्याई वाम विश्लेषक डा. सुरेन्द्र केसीको रहेको छ ।
ओलीले सरकार टिकाउनका लागि मात्रै नेपाल पक्षसँग अस्थायी युद्धविराम गरेको भन्दै उनले अब जसपाले ओलीको विकल्प खोज्यो भने एमालेमा नेपालको सहज इन्ट्री हुन मुश्किल रहेको बताए । नेपालको आवश्यकता पार्टी भन्दा पनि सरकार जोगाउन ओलीलाई चाहिएको हो, त्यो अवस्था रहेन भने नेपाललाई सम्मानका साथ पार्टीमा भित्र्याउनुको कुनै अर्थ नरहने बुझाई ओलीको रहने उनले प्रष्ट्याए ।
त्यसको सुरुआत पर्सिबाटै हुने उनको तर्क छ । बाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य पदमा नेपाल पक्षले एमालेका आधिकारिक उमेदवार रामबहादुर थापा बादललाई सघाउने अवस्था छैन । नेपालकै उमेदवारका रुपमा रहेका डा. खिमलाल देवकोटाले जित्ने छन् भन्दै विश्लेषक केसीले भने–त्यही निहुँबाट सबै प्रकृया अवरुद्ध हुनेछ र ओलीले आफ्नै गति सुरु गर्ने छन् ।
जसपाभित्र अब कुरा मिलेको जानकारी ओलीले पाइसकेका छन् । त्यसैले अब ओलीको ध्यान माधव नेपाललाई सम्मान दिने भन्दा मध्यावधिमै जानेतिर केन्द्रित हुने हो ।
जसपाले सबै विवाद आपसी सहमतिका टुंग्याउने गरी सहमति जनाएको छ । लगत्तै कार्यकारिणी परिषदको बैठकसमेत डाकिसकेको छ । यस्तै एकपक्षीय रुपमा संसदीय दलको नेता बनाइएका राजेन्द्र महतोलाई अहिले पदमुक्त गरिएको छ । यसबारे पछि प्रकृया पूरा गरेर निर्णय गर्ने समझदारीसमेत बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
हिलाम्य सडकले सवारी आवागमनमा समस्या
बैशाख ३१, २०८१ सोमबार
जानकी मन्दिरको झलक दिने आकर्षक प्रवेशद्वार
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
बैशाख ३१, २०८१ सोमबार
आज तोलामा तीन सयले घट्यो सुनको मूल्य
बैशाख ३१, २०८१ सोमबार
कठिनाइहरूबाट नडराउनुहोस् यी ५ काम गर्नुहोस्, जीवन परिवर्तन हुनेछ
बैशाख ३१, २०८१ सोमबार