बिहानैदेखि परेको पानीले किसानलाई राहत
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १९:११:३८
६ जेठ,महोत्तरी । उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच आज बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड–१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका यहाँका किसानलाई आजको वर्षाले राहत भएको हो । जिल्लाको सबै भेगमा आज बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ ।
गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दङग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र भदैया (भदौरे, भदौमा उत्पादन दिने) तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ । पछिल्लो वर्षाले फलपूmल, उखु र प्रचण्ड रापले ओइलिँदै गएका तरकारीका बोट र लहरा लहलहाउने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो खुशी हुँदै बताउछन् । चिस्यान राम्रो भएपछि अब प्रचण्ड घामले रुखिएको उखुबारीमा नाइट्रोजन मल (युरिया)हाल्न सकिने किसान बताउँछन् ।
“हामी आकाश ताक्नेका लागि त अमृत वर्षा नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान चन्देश्वर राय दनुवार भन्छन्, “वर्षा नहुँदा घरमा धुमधुमती बसेर निषेधाज्ञा काट्न सकस थियो, अब खेतबारीमा काम गर्न पाइने भइयो ।” जिल्लामा गत वैशाख २२ गते जारी निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढाइएको छ ।
जिल्लाभरिकै कूल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकाशे पानीकै भरमा खेती गनुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइका कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइका प्रबन्ध (इनार पम्पसेट, बोरिङ)जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकाशे पानीको भरमा रहेका कृषि ज्ञान केन्द्र जलेश्वरका विज्ञ नै बताउँछन् ।
आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई ठिक समयको वर्षा हुँदा सबै कुरा भेट्टाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि रु न बजारमा मल, न समयमा बीउबिजन न सुलभ ऋण”, बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्छन्, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।”
पछिल्लो वर्षाले निषेधाज्ञा अवधिमा कुँजिएर बस्नु पर्दाको मानसिक पीडा पनि कम हुने पाका किसान बताउँछन् । “महाव्याधि त्रासले बाहिर निस्कीसक्नु छैन, जताततै महामारीको चपेटाका खबर सुन्दा सुन्दा मन पनि रोगी भएजस्तो थियो”, गौशाला–१२ का ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंह भन्छन्, “अब त पानी प¥यो, मान्छे खेतबारीमा काम गर्न निस्केपछि मानसिक बोझिलोपन कम हुँदै जानेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार