अपहरणपश्चात हत्या गरी फरार तीन पक्राउ
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २०:५३:२२
६ जेठ,लहान । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका तीनै जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । विसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उनको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।
कटुवा पेस्तोल बरामद
सिरहा नगरपालिका १७ वटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । स्थानीय २७ वर्षीय धिरु यादवले गउँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा पुगेका प्रहरीलाई देखेर भाग्ने क्रममा यादवको साथबाट खसेको खाली कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
यादव भने फरार भएका छन् । प्रहरीले सशङ्कित व्यक्तिको खोजतलास जारी रहेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार