पिँडालु छालाको लागि लाभदायक
नेपालबहस संवाददाता
जेठ ६, २०७८ शुक्रबार २:०:३७
के तपाईलाई पिँडालु मन पर्छ ? यदि पर्छ भन्ने थाहा पाइराख्नुस पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यो गर्मी तथा बर्षायाम दुवै सिजनमा पाइन्छ ।यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ ।
यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ । यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।
पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको ‘कर्कलो वा गाभा’ समेत विभिन्न परिकार बन्छ ।
पिँडालु सेवन गर्दा हुने स्वास्थ्य लाभ
– पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।
– पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केहि दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ ।
– जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ ।
(उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।
– बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।
(सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।
सावधानी
(काँचो अवस्थामा पिँडालु खानु हुँदैन, गलामा जलन हुनसक्छ ।
– दमको रोगीले पिँडालुको सब्जी खानु हुँदैन । खासगरी यसमो पातको सब्जी सेवन गर्दा त्यसले कफ बढाउँछ ।
– बाथ रोगीले पनि पिँडालु सेवन गर्नु ठीक हुन्छ ।
(घाँटीमा समस्या भएकाहरुले पिँडालु सेवन नगरेकै राम्रो ।
पिँडालुको पातको फाइदा
पिँडालुको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ । साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ ।
पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार