माधव नेपालको सहयोगमा बन्ने भयो नयाँ सरकार
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २१:२:४१
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जति नै जालझेल गरेर सत्ता जोगाउन खोजेपनि अब भने परिस्थिति फेरिने देखिएको छ । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहलाई प्रभावमा पारी वैकल्पिक सरकार बन्ने बाटो छेक्न खोजेका ओलीलाई अन्ततः उनकै पार्टीको माधव नेपाल समूहले साथ नदिने भएको छ ।
हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्न आज साँझ ५ बजेसम्मका लागि समय दिएकी छन् ।
दिइएको समय अगावै विपक्षी दलहरुले वैकल्पिक सरकार बनाउने दावा पेश गर्ने भएका छन् । माधव नेपाल पक्षका लगभग ३५ जनाको हस्ताक्षर रहेको स्रोतको भनाई छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अगुवाईमा नयाँ सरकार बनाउने गरी दाबा पेश गर्ने अन्तिम तयारी भएको छ । अहिले काँग्रेस, माओवादी, जसपाको उपेन्द्र –बाबुराम समूहको बैठक सिंहदरबारमा जारी छ ।
सबै दलले सांसद्हरुको हस्ताक्षर बुझाउने काम गरिरहेका छन् । यसका लागि नेपाली कांग्रेसका पूर्णबहादुर खड्का र पुष्पा भूषाल, माओवादीका देव गुरुङ र वर्षामान पुन , जसपाका इस्तियाक राइ र माधव समूहका रामकुमारी झाँक्री सकृय छन् । हस्ताक्षर संकलन भए लगत्तै राष्ट्रपति कार्यालय जाने तयारी रहेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार