शीतलनिवास पुग्याे १ सय ४९ सांसदको हस्ताक्षरसहितको पत्र
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शनिबार १:४५:४४
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरु पत्र दर्ता गरेर निस्किएका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउनका लागि १४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगेका विपक्षी दलका नेताहरु पत्र दर्ता गरेर निस्किएका हुन् ।कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदको हस्ताक्षर देखाएर, बहुमत प्रस्तुत गरेर निस्किएको बताए ।
त्यस्तै प्रधानमन्त्री पदका लागि केपी ओलीले हस्ताक्षर नबुझाएको उल्लेख गर्दै उनले आफूहरुले सांसदको हस्ताक्षरसहित दाबी गरेका बताए । प्रधानमन्त्रीमा राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को ५ का लागि देउवाको नामसहित दाबी गरेको उनले बताए ।
समर्थकहरुमा माओवादी अध्यक्ष पुषपकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाकी नेता दूर्गा पौडेल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार