तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार ११:४०:१४
वि.सं.२०७८ साल जेठ ०८ गते शनिबार । ईश्वी सन् २०२१ मे २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि–एकादशी,५३ घडी ५० पला, रातको ०२ बजेर ४५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराफाल्गुनी,१२ घडी २६ पला, बिहान १० बजेर १२ मिनेट उप्रान्त हस्त । योग– बज्र, २४ घडी ३४ पला, दिउसो ०३ बजेर ०३ मिनेट उप्रान्त सिद्धि । करण– वणिज, दिउसो ०३ बजेर ४३ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ४५ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५७ पला । स्मार्तहरुको, मोहिनीएकादशीव्रत । अन्तराष्ट्रिय जैविक विविधता दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अदालती निर्णयहरु तपाईकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडी बढ्न सकिने छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिने छ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पती पाउने योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशि हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- कुनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । व्यवसायमा लगानी गर्दा तत्काल कुनै फाईदा नदेखिए पनि पछीको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैया पैसा माग्नेहरु आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवनसाथिसँग मनमुटाव बढ्ने योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- काम गर्दा साबधानी अपनाउनुहोला खराब व्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दा पछी परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आएभावमा गोचर गर्ने चन्द्रमाले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाईलेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । मायाप्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ भने वंश बृद्धिको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- लक्ष्य प्राप्तीको लागी चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाईलेखाई अरुभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- नसोचेको उपलब्धी हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिनेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार