कोरोना महामारीमा देवी बनेका स्टाफ नर्स
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:५१:२७
९ जेठ,सुदूरपश्चिम । ‘छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स’ भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाजमा महामारीका समयमा भने दृष्टिकोण बदलिएको छ । छोरीलाई निकै भेद्भावपूर्ण व्यवहार गरिने नेपाली समाजमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दृष्टिकोण बदलिएको हो । महामारीका समयमा दिनरात निद्रा, थकान, भोक, तिर्खा त्यागेर स्टाफ नर्सका रूपमा आफ्नो जिन्दगी जोखिममा राख्दै सेवा गरिरहेका छोरीहरुलाई महामारीमा देवीका रूपमा चित्रण गर्न थालिएको छ समाजमा यति बेला ।
समाजमा हेलाको पात्र बनेर बसेका छोरीहरूले महामारीका रूपमा फैलिएको कोरोना कहरमा आफ्नो जीवन बिरामीका लागि समर्पित गरेर नेपाली समाजको हेराइलाई परिवर्तन गरिदिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउछन् । यो समयमा आफ्नै जिन्दगी जोखिममा राखेर बिरामीलाई दिनरात, भोक प्यास केही नभनी सेवा तथा उपचारमा खटिनुभएका स्टाफ नर्स छोरीहरूलाई महामारीमा देवीका रूपमा आफूले पाएको अवस्थी बताउछन् । “महामारीमा सबै आफ्नो ज्यान बचाउन लाग्छन् तर नर्स नानीहरू अस्पतालकै ग्यालरीमा सुतेर भए पनि बिरामीको सेवामा लाग्छन्, त्यसैले त उनीहरु बिरामी र हाम्रो समाजका लागि अहिलेको समयमा सञ्जीवनी बुटी साबित भएका छन् ”, अवस्थी भन्छन् ।
निर्देशक अवस्थी न्यून पारिश्रमिक, कामको चाप, सेवा सुविधाको अभावबीच पनि नर्सहरू दिनरात बिरामीको सेवामा कटिबद्ध भएर लागेको देख्दा अस्पतालमा देवी माता आफैँ आएर उपचार गरिरहेको झैँ लाग्ने गरेको बताउछन् । लामो समयदेखि पटकपटक नर्सहरूको दुःख, पीडा र अवस्थाबारे बहस तथा छलफल हुने गरेको भए पनि अवस्थामा कुनै सुधार आउन नसक्दा भने दुःख लाग्ने गरेको उनको भनाइ छ ।
महामारीमा दिनरात बिरामीको सेवा गर्न पाउँदा आनन्द महसुस हुने गरेको कैलालीको सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा खटिइरहेकी स्टाफ नर्स सुषमा विक बताउछिन् । “हाम्रा धेरै गुनासा छन् तर महामारीको समयमा गुनासाहरूलाई थाँती राखेर सेवामा खटिनु हाम्रो धर्म हो”, उनी भन्छिन्, “छोरी भनेपछि हेला गर्ने हाम्रो समाजमा छोरी भएर जन्म लिएर यसरी सबैको सेवा गर्ने मौका सबैले कहाँ पाउँछन् र रु मैले पाएकी छु, आफूलाई भाग्यमानी ठान्दछु ।”
महामारी फैलिएदेखि नै परिवारका सदस्यबाट बिदा लिन बारम्बार गरिएको आग्रहलाई समेत नमानीकन बिरामीको सेवामा खटिएकी अर्की स्टाफ नर्स एलिसा मगर यस्तो समयमा छुट्टी लिन आफ्नो आत्माले नदिएका कारण अस्पतालमै खटिएको बताउछिन् । “हाम्रो त सरकारी अस्पतालमा हो ठीकै छ तर निजी अस्पतालमा कार्यरत साथीहरूको कामअनुसारको तलब सुविधा खै रु”, उनी भन्छिन्, “नेताले जस्तो माग नगरीकन काममा लागेका छन् , अनि आफूहरू किन नलाग्ने रु”
महामारीमा बिरामीको सेवा गर्दै उनीहरुको जीवन बचाउने अवसर पाएकामा आफूलाई गर्व लाग्ने गरेको बताउछिन् कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरी । छोरीलाई हेला गर्ने समाजमा नर्स भएर ज्यान जोगाउँदा सम्पूर्ण छोरीप्रति गरिने सम्मानले नै आफ्नो कर्मलाई निरन्तरता दिने ऊर्जा मिल्ने गरेको चौधरीको भनाइ छ । ज्योति भन्छिन्, “अहिले जागिरेभन्दा बेरोजगार नर्सको सङ्ख्या धेरै छ । रोजगारी नपाउँदा र उचित पारिश्रमिक नपाउँदा नर्सहरू विदेशिने र काम छाड्ने क्रम पनि बढेको छ । राज्यले नर्सहरूको दुःख कष्ट बुझेर नर्स लक्षित विशेष कार्यक्रम ल्याए देशको स्वास्थ्य क्षेत्रलाई ठूलो मद्दत पुग्ने थियो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार