बालुवाटार र शीतलनिवास पस्नै पर्ला त ?
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १७:५१:१३
९ जेठ, काठमाडाैं । नेपालको संविधान र लोकतन्त्रमाथि यदि कतैबाट खतरा छ भने त्यो प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट भन्ने आवाज यतिबेला व्याप्त छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल यस्तै कथा र व्यथाबाट लतपत छन् । तर सत्तारुढ नेकपा एमालेको ओली पक्ष भने कसैको कुरा सुन्ने वा मनन गर्ने पक्षमा छैन् । बरु जसरी भएपनि सत्ता नछाड्ने अभियानमै लिप्त छ ।
सत्ताका लागि यो हदसम्मको लम्पट भएका ओलीले आगामी कात्तिक – मंसिरमा चुनाव गराउलान् र सत्ता त्याग्लान् भन्ने धेरैले पत्याएका छैनन् । पहिलो त कोरोना संक्रमणले निर्धारित समयमा चुनावै हुँदैन् । कदाचित भइहाल्यो भने पनि ओलीले कस्तो चुनाव गराउलान् अहिल्यै अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यो कुरा बुझेका छन् । जब प्रतिनिधिसभाका बहुमत सदस्य (१४९) जनाको सुपथ हस्ताक्षर बुझाउँदासमेत ओलीले यसरी जालझेल गरेको उनले देखे र अनुभूत गरे , अनि भने देउवा ओलीलाई जसरी पनि विस्थापित गर्नै पर्छ भन्ने निचोडमा पुगेका छन् । त्यसैले आजै विघटन विरुद्ध उनीसमेत हस्ताक्षर बोकेर सर्वाेच्च अदालतमा रिटका लागि जाँदैछन् ।
ओली र भण्डारीको मिलेमतोमा संविधानलाई व्यक्तिगत सम्पति जस्तो गरिएको उनको हिजोको वक्तव्य त्यसैको उत्तर थियो । वक्तव्यमा राष्ट्रपतिलाई तिमी भन्ने शव्द राखेको भन्दै ओलीले ज्यादै चित्त दुखाएर देउवालाई राजालाई दाम चढाएको आरोप लगाएका थिए । ओलीको यो छुद्रताले पनि देउवामा केही बदलाव देखिएको छ ।
शुक्रबार मात्रै कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास र राष्ट्रपति भण्डारी विरुद्ध महाअभियोग लगाउने निर्णय गरेपछि परिस्थिति बदलिएको थियो । ओली र भण्डारीको मिलेमतोमा जस्तोसुकै कुकर्म हुने रहेछ भन्ने अब दुनियाँका अघिल्तिर छर्लङ्ग भएको छ । त्यसैले अब जसरी पनि यी दुबैलाई पदमुक्त गर्नुपर्ने निश्कर्ष नेताहरुले निकालेका छन् । त्यसका लागि पहिला त कानूनी लडाईं नै गर्नुपर्ने सबैको राय देखिएको छ । कदाचित संसद पुनस्थापना भयो भने अब चाहिं ओली र भण्डारीको कुन दुर्दशा होला त्यो कल्पना गर्न नै मुश्किल छ ।
हिजोको विघटनका बेला कांग्रेसको ल्याङल्याङले ओलीलाई बल पुगेको थियो । साथै, न्यायालयमाथि पनि ठूलो दबाब थिएन । तर अब भने कांग्रेस नै आन्दोलनको अग्रमोर्चामा देखिएकाले ओली र न्यायलयका लागि पनि सहज छैन । न्यायलयका धेरैजसो फैसला ओलीप्रिय हुने गरेकाले यस्तो आशंका गरिएको हो । तर प्रतिनिधिसभा विघटन गर्न नमिल्ने पर्याप्त आधार भएकाले अब त्यस्तो फैसला गर्ने अवस्था पनि छैन ।
जे भएपनि ओली र भण्डारीको पापको घैंटो अब भरिएको अनुभूति धेरैले गरेका छन् । आजै मात्र विपक्षी दलहरु संलग्न युवाहरुको संगठनले दुबैलाई विदा गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले माधव पक्ष , जसपा, राष्ट्रिय जनमोर्चा नेपाल र विवेकशील साझा पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै ओली र भण्डारीलाई भोलि पनि कानूनी कठघरामा ल्याउन माग गरेका छन् ।
अहिले युवाहरुले चाहेको कुरा भोलि व्यवहारमा परिणत नहोला भन्न सकिन्न । ओली र भण्डारीको मिलेमतोमा गरिएको यो कुकर्मको भण्डाफोर गर्न युवा जमात सडकमा आउने निश्चित छ । साथै, अब नागरिक समाज पनि सडक आन्दोनलमा आउने अवस्था सिर्जना भएको छ । संसारमा कस्ता कस्ता तानाशाह शासकले जनताका अगाडि झुक्नुपरेको उदाहरण स्वयं ओली र भण्डारीलाई थाहा नभएको होइन ।
अदालतबाट न्याय प्राप्त भएन भने क्रान्तिबाटै ओलीलाई लघार्ने अवस्था नआउला भन्न सकिन्न । जनता बालुवाटार र शीतल निवास पसेर थुतेर निकाल्ने अवस्था सिर्जना गर्ने की बेलैमा सच्चिने त्यो स्वयं ओली र भण्डारीले बुझ्ने कुरा हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार