असंवैधानिक कदम सच्याई संविधानको पालना गर : निगरानी समिति
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार ०:०:१
९ जेठ, काठमाडौं । असंवैधानिक कदम सच्याई संविधानको पालना गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ । २०७८ जेष्ठ ८ गते राष्ट्रपतिद्वारा असंवैधानिक तरिकाबाट विधि र कानूनी प्रकृया मिचेर गरिएको सरकार गठन प्रकृया तथा प्रतिनिधिसभा विघटन गरी मध्यरातमा नयाँ चुनाबका लागि मिति घोषणा गरेको प्रति जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
निगरानी समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दैै नेपालको संविधानको धारा ७६’३’ बमोजिम गठन भएको सरकारलाई धारा ७६’४’ बमोजिम प्रतिनिधिसभा बैठकबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक वाध्यात्मक ब्यवस्थालाई वेवास्ता गरेर धारा ७६’५’ बमोजिम असंवैधानिक सरकार गठन प्रकृयामा विपक्षी राजनीतिक दलहरु पनि सत्ताप्राप्तिको दौडमा सहभागी हुनु आपत्तिजनक रहेको जनाएको छ ।
विद्यमान कोरोना भाईरसको दोश्रो लहरमा सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाज एकजुट भएर यस विरुद्ध लड्नुपर्ने अवस्थामा सत्ता प्राप्तिलाई केन्द्रविन्दुमा राखेर राजनीतिक विसंगति र वितृष्ण निम्ताउने खेल खेल्नु अशोभनीय हुनुकासाथै अस्पतालमा प्रर्याप्त शैया, अक्सिजन, आईसीयु, भेन्टिलेटरका अभावमा अकालमा ज्यान गुमाउन पुगेका तथा कोराेना भाइरसविरुद्धको खोपको ब्यग्र प्रतिक्षामा बसेका नागरिकप्रति गैरजिम्मेवार हुनु दूर्भाग्यपूर्ण छ निगरानी समितिद्धारा विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, यस माहामारीको ब्यवस्थापनमा भएको वेथितिको मौका छोपेर नाजायज फाईदा उठाई रहेका कालाबजारी, बिचौलिया, जमाखोर र अस्पतालहरुले चर्को शुल्क असुल गरी भइरहेको आर्थिक शोषणप्रति प्रमुख विपक्षी राजनीतिक दलहरु तथा सरकार समेतको गम्भीर ध्यान नजानु र नियन्त्रणको उपाय अवलम्बन नगर्नु निन्दनीय छ ।
लोकतन्त्रका आधारभुत मान्यता भनेको विधिको शासन हो । लोकतान्त्रिक प्रणालीमा संवैधानिक सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर शासन–पद्धति सञ्चालन भएका हुन्छन् । राष्ट्रको राजनीतिक निकासको विकल्प भनेको औचित्यपूर्ण निर्वाचन हो । साथै अदालतको आदेश मान्नु हाम्रो कर्तव्य हो । त्यसैले यो अवैधानिक प्रकृया सच्याई राष्ट्रिय सहमतिबाट नागरिकको स्वास्थ्य जोखिममा नपर्ने गरी ‘अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाई’ विधि तथा प्रकृया अपनाएर राजनीतिक निकास खोज्न निगरानी समितिले विज्ञप्ति मार्फत सरोकारवालाहरुलाई अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा
बैशाख २७, २०८१ बिहिबार
त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार
बैशाख २७, २०८१ बिहिबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
काठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २९, २०८१ शनिबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार