काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढ्याे
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १४:०:३
१० जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको जनाएको छ । हिजो काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
नेपालगञ्ज र दिपायलको तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै, धनगढीको तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म,वीरेन्द्रनगरको ३२ देखि ३४, दिपायलको २९ देखि ३१ डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको छ । हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि फेरि मौसम बदली हुने सम्भावना रहेको छ ।
बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने महाशाखाले जनाएको छ । । महाशाखाका अनुसार यो प्रणालीका कारण भोलि दिउँसोपछि देशका धेरै ठाउँमा सामान्यदेखि पूर्ण बदली भइ वाग्मती प्रदेश र प्रदेश-१ का हिमाली र उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षाको सम्भावना छ । यस्तै, हिमाली क्षेत्रमा हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले भोलिदेखि केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
यस्तै, पर्सी बुधवार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । प्रदेश-१, प्रदेश २ तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद वरुण पौडेलले बताए। यस्तै बिहीवार कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, प्रि-मनसुनको यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी समेत पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार