महोत्तरीमा जेठ २० गतेसम्म निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १६:३२:५७
१० जेठ,महोत्तरी । महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो । यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।
जेठ १ गते दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ २० गतेसम्मलाई पुनः थप गरेको हो । तेस्रो पटक जारी निषेधाज्ञा जेठ २० गते मध्यरासम्म कायम रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, खाने पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।
जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ संक्रमण र मृत्यु हुने क्रम नरोकिएपछि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पीसीआर परीक्षणको सुविधा छ । यसैगरी जलेश्वर अस्पताल, बर्दिबास अस्पताल र गौशालाको इमलीबजारसहित तीन ठाउँ अक्सिजन सुविधासहितको आइसोलेशन कक्ष सञ्चालनमा छन् ।
जिल्लामा आइतबारसम्म यसपालि गत वैशाख १४ गतेयताको महाव्याधि संक्रमणले ५५ जनाको ज्यान गइसकेको छ । यस अवधिमा एक हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये एक हजार ४७५ जनामा सक्रिय संक्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए । यस अवधिमा २१५ जनाले संक्रमण जितेका छन् ।
जिल्लामा यसपालि पहिलो पटक निषेधाज्ञा जारी हुनुपूर्व वैशाख १० देखि २१ गतेसम्ममै महाव्याधि संक्रमणले सात जनाको मृत्यु भएको थियो । त्यस अवधिमा ३३१ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख मसान्तमा मृतकको सङ्ख्या १३ र संक्रमित सङ्ख्या एक हजार पुगेको थियो । जेठ लागिकन निषेधाज्ञा थप गरिएको अवधि (जेठ १ देखि १० सम्म) मध्ये ९ गतेसम्म ७४५ नयाँ संक्रमित थपिएका हुन् । यस अवधिमा मृतकको सङ्ख्या दर निकै बढेर ४२ पुगेको छ । संक्रमण दर थोरै घटे पनि मृत्यु दर बढेको र जोखिम अझै कायम रहेको हुँदा भिडभाड रोक्न, जमघट हुन नदिन निषेधाज्ञा तेस्रो पटक जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।
निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन् । निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ । पूर्वजानकारी बिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ भट्टराईले आफ्नो आदेशमा उल्लेख गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिको सिफारिसमा तेस्रो पटक जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ ।
यसअघि २०७७ सालको वैशाखदेखि कात्तिक मसान्तसम्म संक्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुईहजार १४१ मा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय संक्रमण देखिएको थियो । यसपालिको संक्रमण बढी आक्रामक र थोरै लापरवाहीले ज्यानै लिनसक्ने देखिएको हुँदा सतर्कता अपनाउन अपिलसँगै निषेधाज्ञा थप्दै लानुपरेको जिल्ला प्रशासनले स्पष्ट पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार