के योगेश भट्टराई अब ‘पोइला’ गएकै हुन ?
नेपालबहस संवाददाता
जेठ १०, २०७८ मंगलबार ४:४७:३८
१० जेठ, काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै साथमा रहेका पूर्वमन्त्री एवं एमाले केन्द्रीय सचिव योगेश भट्टराई अब ‘पोइला’ गएका हुन त ? प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्ष हुनुपूर्व नै नेपाल निकट रहेर काम गरेका भट्टराईले नेपालकाे साथ लागेर पार्टीमा सचिव पद जितेका थिए । त्यतिमात्र होइन, पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रचार विभाग पाएका थिए ।
एमाले र माधव नेपाल समूहमा निकै प्रभावशाली मानिएका भट्टराईले तत्कालै नेपालको साथ छोड्लान भनेर सायद नेपाल आफैले पनि सोचेका थिएनन होला । नेपालले पनि अनुमान नगरेका बेला उनले अचानक नेपालको साथ छाडिदिए । शुक्रबार राती प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु अघिसम्म नेपाल र ओलीको संवाद गराउने, पार्टी एकतालाई जीवन्त राख्नुपर्ने भन्दै कस्सिएका थिए । उनकै पहलमा नेपाल र ओलीबीच वैशाख ९ गते संवादसमेत भयो । पार्टीको विवाद मिलाउने भन्दै उनकै पहलमा कार्यदल पनि बन्यो ।
तर अहिले भट्टराईले अन्तिम अवस्थामा नेपाललाई साथ दिएनन् । उनी पार्टी एकताका लागि भन्दै तटस्थ बसे । उनी तटस्थ बसेपछि ओलीले उनलाई कारवाही पनि गरेका छैनन । नेपालसहित सो समूहका ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट समेत निष्काषण गरेका छन् भने थप १२ जनालाई स्पष्टिकरण सोधिसकेका छन् । तर ती दुवै लिष्टमा भट्टराईको नाम छैन ।
अहिले उनी ओलीको सम्पर्कमा रहे नरहेकाे जानकारी नभएपनि नेपालको साथ भने छाडिसकेका छन् । उनले आफू एकताको पक्षपाती भन्दै नयाँ दलमा नजाने घोषणा गरिसकेका छन् । कुनै दिन संसदीय समितिको बैठकमा नेपालको गुन सम्झेर भक्कानिदै रोएका भट्टराईले नेपालको साथ यति सजिलै छाड्लान भन्ने कसैले पनि सोचेका थिएनन । दुई वर्ष अघि संसदीय समितिको बैठकमा नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छाएको थियो ।
त्यतिबेला सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त पर्यटनमन्त्री रहेका योगेश भट्टाईलाई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागी हुन नेता नेपालसहित समितिका प्राय सबै सदस्यहरु उपस्थित भएका थिए । बैठकमा नेता नेपालले नवनियुक्त मन्त्री भट्टाईलाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन सुझाव दिएपछि भट्टराईले माधवकुमार नेपाल आफ्नो नेतामात्रै नभएर गुरु नै भएको बताएर भावानामा आफू मात्र बगेका थिएनन, उनले नेपालको आशु पनि बगाएका थिए ।
त्यसपछि उनले २०४३ सालको घट्ना स्मरण गर्दै आफु मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफुलाई बाच्ने शक्ति प्रदान गरेको स्मरण गरेका थिए । २०४३ सालको निर्वाचनलाई पार्टीले जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति लिएको रहेका बेला योगेश काठमाडाैंमा खटिएका थिए । खाने बस्ने ठेगान थिएन ।
उनी एक्कासी विरामी भएपछि टिचिङ अस्पतालमा भर्ना भएका थिए । त्यतिबेला ६० दिन अस्पताल बसेका भट्टराईलाई डाक्टरले आस मारिसकेका थिए । त्यही बेला माधव नेपाल उनलाई भेट्न अस्पताल पुगेका थिए । उनी त्यहाँ पुगेपछि बाच्ने शक्ति प्राप्त भएको स्मरण गर्ने योगेशले नेपालको साथ छोड्ने अपेक्षा जो कोहीको अनुमान विपरित थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार