व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै माछा बजार
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १९:३१:५०
११ जेठ,सर्लाही । लालबन्दी नगरपालिका—७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धित भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापनसमेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।
नगरपालिका—७ को भित्री बजारमा सोमबार र बिहीबार बजार लाग्ने गर्दछ । बजारको व्यावस्थापन समिति रहेपनि बजारको व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्न जानेहरु पनि हैरान भएका छन् । भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरु र श्रृङ्गारका सामानहरुको स्थायी सटरहरु बनाइएका भएपनि पशुपंक्षी तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नु पर्ने बाध्यता रहेको र ती सामाग्रीहरुबाट निस्केका फोहोरको व्यावस्थापन गर्न सरोकारवाला निकाय बजार व्यावस्थापन समिति र वडाध्यक्षले चासो नदेखाउँदा आफूहरु दुर्गन्धित बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरुको गुनासो छ । आफूहरुले व्यापार व्यासाय गरेवापत समिति, वडा कार्यलय र विद्यालयलाई कर समेत बुझाइरहेको व्यापारीहरुले बताएका छन् ।
यस क्षेत्रमा लगाइने बजार जनज्योति मावि लालबन्दीको जमीन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ । सो बजारमा करीब ८०० स्टलहरु रहेका र प्रतिसटरको प्रतिफिट नापेर विद्यालयले कर असुल्ने गरेको छ । सटर नहुने र अस्थायी रुपमा बस्नेहरुका लागि भने समितिले हप्ते कर असुल्ने गरेको छ । यसरी कर तिरेर आफूहरु बसेको भएपनि समिति र विद्यालयले कुनै व्यावस्था नगरिदिँदा वर्षामा घुँडाघुँडा पानी जम्ने गरेको व्यापारीहरुको गुनासो छ ।
तरकारी तथा मासु पसलबाट निस्कने फोहरका साथै बजारभरिको फोहोर समेत जथाभावी रुपमा फालिने गरेकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरु पनि नाक मुख थुनेर हिड्न बाध्य भएका छन् । आफूले सरोकारवाला निकायहरुको बैठकहरुमा बजार व्यवस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिकालगायत अन्य सरोकारवाला निकायहरुले चासो नदेखाएका उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।
बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफूहरुले काम गरिरहेको र अब ढल निकासको काम बाँकी रहेको बताए । उनका अनुसार ढल निकायका लागि ७ नं वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सिर्जना भएको र चाहेर पनि आफूले ढल निकायको काम गर्न नपाएको बताए । जनज्योति मावि लालबन्दीका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनिश माझीका अनुसार विद्यालयले करीब ४५० वटा सटर र स्टलबाट प्रतिमहिना रु ५०० देखि रु एक हजार ५०० सम्म शुल्क उठाउने गरेको र बार्षिक करीब रु ७५ लाख रकम सङ्कलन हुने गरेको बताए ।
ढल निकाय नहुँदा सो क्षेत्रमा व्यापारीहरु र सामान खरीद गर्न आउने सेवाग्राहीलाई हिउँदामा धुलाम्मे र वर्षामा हिल्लाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यवस्थापन समिति र विद्यालयबीच तालमेल नमिल्दा काम हुन नसकेको बताए ।
त्यसैगरी ७ नंका वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपानेले बजार व्यवस्थापन र सुन्दर बजार बनाउन विभिन्न कामहरु भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार