शुक्रबार , असार ११, २०७८

निषेधाज्ञा अवधिभर थप शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

निषेधाज्ञा अवधिभर थप शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

१२ जेठ, काठमाडौं । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन स्पष्टसँग निर्देशन दिएको छ ।

ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ ।

यसैगरी लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीलाई समेत केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले राहत दिएको छ । लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन निर्देश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राप्तीको बजेटः चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार राप्तीको बजेटः चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार १७ घण्टा पहिले
धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ १४ घण्टा पहिले
आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, सातै प्रदेशका लागि माग्यो कर्मचारी १८ घण्टा पहिले
व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने १३ घण्टा पहिले
बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति २० घण्टा पहिले
सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग १० घण्टा पहिले
सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा १४ घण्टा पहिले
रसुवाका आठ पत्रकार नगद पुरस्कारसहित सम्मान रसुवाका आठ पत्रकार नगद पुरस्कारसहित सम्मान ४ घण्टा पहिले