छत्रपाटीमा कोभिड विशेष अस्पताल सञ्चालन
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार २२:४४:१४
१२ जेठ,काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र मासिक सञ्चालन खर्चबापत करीब रु ४८ लाख १६ हजार ६०० रकम सहयोग गरेको छ ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र नगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा आज अस्पताल सञ्चालनको शुभारम्भ गरेका हुन् । अस्पतालका निर्देशक डा प्रेमकुमार जोशीका अनुसार अब अस्पतालमा सात आइसियु, चार भेन्टिलेटर, छ एचडियुसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
महानगरसँग भगिनी सम्बन्ध स्थापना भएको चीनको ल्हासा शहरबाट उपलब्ध भएको भेन्टिलेटरमध्ये दुई छत्रपाटी चिकित्सालयलाई यसअघि नै दिइएको छ । यसैगरी अस्पतालले खरीद गर्ने थप तीन भेन्टिलेटरको रकम पनि महानगरले नै भुक्तानी गर्ने सहमति भएको छ । अस्पतालको पूर्वाधार सुधारका लागि करीब रु ३० लाख खर्च गरेर लिफ्ट जडान गरिसकेको र नयाँ भवन निर्माण गर्न करीब रु पाँच करोड विनियोजन गरेको नगर प्रमुख शाक्यले जानकारी दिए ।
शुभारम्भपछि राज्यमन्त्री मानन्धरले महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताए । महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंसा गर्दै उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रम व्यक्ति वा समूहको भन्दा माथि हुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
गत वैशाख २५ गतेदेखि अहिलेसम्ममा महानगरले कोरोना नियन्त्रणका लागि आवश्यक यन्त्र उपकरण सहयोग गर्न भन्दै १२ अस्पतालसँग सम्झौता गरिसकेको छ । यसरी सम्झौताबमोजिम छत्रपाटी अस्पतालमा आजदेखि कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० श्ययाको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ श्ययाको एचडियु र २५ श्ययाको साधारण गरी ५० श्ययाकोे आइसोलेशन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालमा ४२ भेन्टिलेटर र १० थान प्रेसर यन्त्र जडान हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
जेठ १, २०८१ मंगलबार
आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
जेठ १, २०८१ मंगलबार
देशभर रहेका गरिब घर परिवार पहिचान गरिने
जेठ १, २०८१ मंगलबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
संघीयता कार्यान्वयन सम्बन्धी थप कानुन बनाइने
जेठ १, २०८१ मंगलबार