शुक्लागण्डकीमा सोलारबाट बिजुली उत्पादन गरिने
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार २३:३४:५०
१२ जेठ,तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको तनहुँ सोलार फार्म प्रालिले सोलारबाट कम्तीमा ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने कार्य ९० प्रतिशत पुरा भएको छ । नेपाल विद्युत प्राधिकरण दमौलीको ३३ केभिएबाट लाइन जडान गरिएपनि शुक्लागण्डकी नगरपालिकावासीले विद्युत जाने समस्या भोग्नुपरेपछि त्यसको विकल्पमा सोलारबाट विद्युत उत्पादन गर्न लागिएको हो ।
रातको तुलनामा दिनमा झण्डै नौ÷दश पटकसम्म विद्युत जाने समस्याले सास्ती भोग्नुपरेपछि नगरपालिकाका व्यवसायी र एनआरएनएको एमसीआई गु्रपसहितको संयुक्त लगानीमा विद्युत उत्पादन गर्न लागिएको फार्मका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । शुरुमा उत्पादित विद्युत प्राधिकरण दमौली सवस्टेशनलाई दिने सहमति भएपनि अहिले बेलचौतारामा सबस्टेशन निर्माण भएपछि फार्मलाई फाइदा पुगेको छ ।
बेलचौताराबाट दमौली सवस्टेशनसम्म लैजादाँ झण्डै रु तीन करोड खर्च हुने देखिएपनि नगरपालिकामा सबस्टेशन बनेपछि धेरै रकम खर्च हुनबाट जोगिएको उनले बताए । बेलचौतारादेखि दमौलीसम्म विद्युत बिस्तार गर्दा पोल गाड्ने, रुख कटान र जग्गा विवाद लगायतका झमेलाले सहज रुपमा काम गर्ने वातावरण हुदैन्थ्यो । उनले भने, “अब सहज परिस्थिति भएकोले सहज रुपमा काम अघि बढाइनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार