डोल्पाली नागरिक जोगाउन सहयोग जुटाउँदै युवा
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बिहिबार ०:२८:१४
१२ जेठ,डोल्पा । विश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् ।
जिल्लाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी, मनराम ठकुल्ला, ज्ञानेन्दविक्रम शाहीले शुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियान थालेका हुन् । आधारभुत स्वास्थ्य सुविधामा पछि परेका दुर्गम डोल्पामा संक्रमित नागरिक जोगाउन पूर्व तयारी स्वरुप हेल्पिङ् ह्याण्डमार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो । एकसाताबाट थालिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट दश लाख नगद रकम सङ्कलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिए ।
उनका अनुसार सङ्कलित रकममध्ये छ लाखबाट अक्सिजन सिलिण्डर, औषधि, मास्क, स्यानीटाइजर लगायतका सामग्री खरिद गरिएको छ । त्यसमा स्वास्थ्यकर्मीका लागि पनि आवश्यक सामग्री खरिद भएको र अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना रहेको जनाइएको छ ।
सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम सङ्कलन गरिएको छ । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, युवा समाजसेवी ओमेन्द्र केसी, पत्रकार टेकबहादुर शाही, समाजसेवी युवा योगेन्द्र बुढा लगायतले यो अभियान थालेका हुन् ।
सङ्कलित रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए । कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार