टीकापुरमा मृतकका परिवारलाई १० हजार किरिया खर्च
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १६:३६:१४
१३ जेठ,टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन क्रियाखर्च दिने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । “अधिकांश मृतकका परिवार पनि सङ्क्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतिर परिवार नै संक्रमित, अर्कोतर्फ सामाजिक समस्या पनि छन्”, नगर प्रमुख रावलले भने, “यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनी यो कार्य थाल्ने भएका हौँ ।”
मृतकका परिवारलाई राहत लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी जाने भएका छन् । नगरपालिकाले संक्रमणका कारण मृत्यु भएका, मृत्युपछि संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिन थालेको छ । “हामीले सामान्य समस्या भएकालाई परामर्श दिन्छौँ, जटिल समस्या भएकालाई चिकित्सकको सहयोग लिएर पनि उनीहरुको स्वास्थ्य समस्या थप नबिग्रियोस् भनी काम गर्न थालेका छौँ”, नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले भने, “यस्तो विपत्तिमा सबैभन्दा पहिले नागरिकको आत्मविश्वास बढाउने सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य भइरहेको छ ।”
नगरपालिकाले संक्रमित परिवारलाई अन्य स्वास्थ्य समस्या नहोस् भनी घरदैलो कार्यक्रमसमेत थालेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित संक्रमितका घरमा पुग्ने गरेका छन् । नगरपालिकामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउन स्वास्थकर्मीहरु घरमै पुग्न थालेका हुन् । संक्रमित परिवारलाई घरमै गएर परामर्श दिने, संक्रमितसँग सम्पर्कमा रहेकाहरुलाई परीक्षणमा ल्याउने काम स्वास्थ्यकर्मीले गर्न थालेका हुन् ।
नगरपालिकाले संक्रमितसँग विगत १४ दिनको दैनिकी सोधपुछ गर्ने गरेको छ । स्वास्थ्यकर्मीका साथमा जनप्रतिनिधिसमेत जान थालेका छन् । “मास्क, सेनिटाइजर, ज्वरो नाप्ने थर्मोमिटर, फ्लोर क्लिनर, पानी शुद्धीकरण गर्ने पियुस, साबुन, ज्वरोको औषधि दिने गरेका छौँ”, जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक रावलले भने, “ सिआइसीटी नाम दिइएको यो कार्यक्रमअन्तर्गत संक्रमित परिवारको हालको अवस्था र परिवारको अवस्थाबारे बुझ्ने काम हुन्छ ।”
संयोजक रावलकाअनुसार संक्रमित र उनीहरुका परिवारको स्वास्थ्य अवस्था बुझ्न विभिन्न मापदण्ड रहेको फारम भर्ने कामसमेत भइरहेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन गरेको हो । रावलले समुदायमा संक्रमण फैलिएको भए पनि दूरी कायम गरेर स्वास्थ्यकर्मीलाई सेवामा खटाएको बताए । “हामीले स्वास्थ्य सेवा सबै सञ्चालन गरेका छौँ, गाउँघर क्लिनिक, खोप क्लिनिक, परिवार नियोजन सेवा, आमा सुरक्षाका सबै कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने ।
हाल टीकापुरमा १४५ सक्रिय संक्रमित छन् । उनीहरु सबैको घरमा स्वास्थ्यकर्मी पुग्ने भएका छन् । यसका साथै नगरपालिकाले कोरोना पोजिटिभ देखिएकालाई टेलिफोन गरी सुरक्षित रहनसमेत आग्रह गर्ने गरेको छ । नगरपालिकामा दोस्रो भेरियन्टपछि हालसम्म २८८ संक्रमित भएका छन् । तीमध्ये ११४ जना निको भएका छन् भने दोस्रो भेरियन्टकै कारण २९ जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार