कंगोमा ज्वालामुखी विस्फोटमा ३२ जनाको मृत्यु, सयौँ बेपत्ता !
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २२:२०:५३
१३ जेठ, संयुक्त राष्ट्रसंघ । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै हराइरहेको बताएका छन् ।
शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवीतै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन् ।कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।
उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन् । साथै यसबाट यहाँका १७० जना बालबालिका पनि हराएका छन् । उनीहरुको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।
हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन् । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार