शुक्रबार , असार ११, २०७८

मल्टीपर्पस फिनान्स कम्पनीले बोलायो साधारण सभा

मल्टीपर्पस फिनान्स कम्पनीले बोलायो साधारण सभा

१४ जेठ, काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारण सभा आगामी असार ६ गते हुने भएको छ ।

सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा हुने छ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछन् । साथै सभाले आव २०७७/७८ को लागि लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ २४ गते एक दिन बन्द हुनेछ । जेठ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय