सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १९:१४:१०
१४ जेठ, दमासकस । सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएको छ । दुई दिन अघि भएको मतदानबाट उनी नै पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ ।
सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेको हो । सिरियाको संसदले बिहीबार उनी पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा उनका प्रतिद्धन्द्धीहरुको भन्दा निकै धेरै मत ल्याएको छ । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।
यस पटक समेत गरी उहाँ सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएको हो । उनको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याउएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत ल्याएको छ ।
सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकैकडा बनाइएको थियो ।
सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।
सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका थिए । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार
कति छ नरेन्द्र मोदीको सम्पत्ति ?
जेठ २, २०८१ बुधबार
युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु
जेठ २, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
कति छ नरेन्द्र मोदीको सम्पत्ति ?
जेठ २, २०८१ बुधबार
भरतपुरको छ लेन सडक निर्माण ८५ प्रतिशत सम्पन्न
जेठ २, २०८१ बुधबार