संक्रमितलाई बचाउन नसक्दा आँसु झर्छ
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:५९:५०
१४ जेठ,धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण एकदमै नाजुक अवस्थामा अस्पताल भर्ना भएका घोडाघोडी नगरपालिका–६ का तुलाराम डगौरालाई आठ दिनमा अस्पतालबाट सञ्चो बनाएर पठाउँदाको हो ।
एक हप्ताअघि उपचारकै क्रममा संक्रमितको मृत्यु हुँदा ज्यान बचाउन नपाउँदाको पीडाले चिन्तित ज्योतिले बिहीबार संक्रमितलाई सञ्चो बनाएर पठाउँदा खुशीको सीमा नरहेको बताइन् ।
“जब कोही बिरामी, सहकर्मी वा कसैले तैँले त राम्रो काम गरेकी छस् भन्छन्, तब जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ,”, उनले सुनाइन, “बिरामीको एक मुस्कानले बिरामी पुनः स्वस्थ अवस्थामा पुगेपछि अनि अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोसको सिर्जना गर्छ र युद्ध जितेर घर फर्किएझैँ लाग्छ ।”
घोडाघोडी अस्थायी कोरोना अस्पतालमा अहिले दश जनाको टोली दिनरात बिरामीको उपचारका लागि खटिइरहेको छ । उनीहरुको टोली अहिले ‘फुल टाइमर’ भएका छ अर्थात् अस्पताल नै घर र कार्यक्षेत्र पनि भएको छ । त्यही खटाइएको उपलब्धिमा ज्योतिले आफ्नो खुशी व्यक्त गर्दै गर्दा आँखाबाट खुशीका आँसु खसेको बताउछिन् । पीपीईभित्र आफू गुम्सिएको भन्दा पनि संक्रमित छटपटाउँदाको पीडा असह्य हुने गरेको ज्योतिको अनुभव छ ।
अचानक आएको महामारीका कारण बिरामीको चाप अत्यन्तै बढी छ । “सामान्य अवस्थामा जस्तो समयसमयमा आराम गर्न पाइँदैन तर पनि बिरामीको सेवा आफ्नो धर्म सम्झेर कर्म गर्छौं, यसरी सेवा गर्दा सञ्चो भएका बिरामी तथा उनीहरूका आफन्तबाट पाउने स्याबासीलाई आशीर्वादका रूपमा ग्रहण गर्दै काम गर्दा आनन्द महसुस हुने गरेको छ”, सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स एलिसा मगरले भनीन्, “जसरी एउटी आमा भोको बच्चालाई खाना खुवाउँदा आमा खुशी हुन्छिन् हो ।”
उपचारका लागि आएका बिरामी सञ्चो भएर खुशी साथ फर्कंदा खुशी लाग्ने गरेको स्टाफ नर्स शिला चौधरीले बताइन् । दिनरात नभनीकन लगातारको खटाइ, अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसक्दाको पीडाले कहिलेकाहीँ मानसिक तनाव हुने गरेको उनको अनुभव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार