अक्सिजन आपूर्ति बन्द हुँदा सुत्केरीसहित सातकाे ज्यान गयाे
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २१:१७:१७
१४ जेठ,कास्की । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सातजना कोरोना संक्रमितको निधन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् ।
बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात संक्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा. डेविट श्रेष्ठले जानकारी दिए ।
तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन । उनको अस्पतालमा शल्यक्रिया विधिबाट सुत्केरी गराइएकाेमा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको बताइएको छ ।
डा श्रेष्ठले भने, “प्लान्टमा उत्पादन कम भएर हो कि किन हो हिजो दिउँसो ४ः०० बजेदेखि नै अक्सिजन आउने रोकिने भइरहेको थियो, समयमा अक्सिजन नआउँदा हामीले सेन्ट्रल लाइनमा जोड्न सकेनौँ, राति ९ः०० देखि १०ः०० बजेसम्म पूरै बन्द भयो, हाइफ्लो र भेन्टिलेटरमा बसेका बिरामीलाई आधा घण्टा वा एक घण्टा अक्सिजन नहुँदा अवस्था के होला ?”
प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ ।
पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ । हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै समस्या हुने चिकित्सक बताउँछन् । अस्पतालमा पटकपटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ । हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।
कोरोना संक्रमित बढेसँगै सरकारले पश्चिमाञ्चल अस्पताललार्ई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको सो निर्णयसँगै अस्पताल प्रशासनले कोभिड ओपीडी बाहेकका अन्य सबै सेवा बन्द गरेको छ । हाल ७० श्ययामा कोरोनाका बिरामीको उपचार हुँदै आएकामा अस्पतालका ४०० हाराहारी श्ययामा नै कोरोना उपचार गर्ने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार