के तपाई तनाव कम गर्न चाहानु हुन्छ ?
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शनिबार ०:५५:५
आजकल सबैले आफूमा धेरै महसुस गर्ने विषय नै तनाव हो। आफूमा तनाव छ र त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने पनि सबैलाई थाहा छ। तर, व्यवस्थापन हुन सकेको छैन भनेर धेरैले सुनाउने गर्छन्।
काेराेना नियन्त्रणका लागी सरकारले जारी गरेकाे निषाेधाज्ञाले पनि मान्छेलाई एक्लाे महसुस गरेकाे छ । यसले पनि मान्छेलाई तनाव निम्त्याउछ । तर तनाव व्यवस्थापन कसरी गर्ने ?
तनाव कम गर्न छ भने धेरै भन्दा धेरै फाइबरयुक्त खानेकुरा जस्तै दाल, साबुत अनाज, ओट्स, फलफूल, ड्राइफ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीहरुको सेवन गर्नुपर्छ ।
यो कुरा एक अध्ययनबाट पत्ता लागेको हो । बीबीसी प्रकाशित साे अध्ययनका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम हुन्छ । तनावको कारणले पेटमा कैयौं प्रमुख परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर पार्छ ।
अध्ययनको परिणाम अनुसार गट ब्याक्टेरियाले पैदा गर्ने शर्ट चेन फ्याटी एसिड ‘एससीएफए’ पेटका कोषहरुको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ ।
शोधकर्ताहरुले परिक्षणको लागि मुसामा यो अध्ययन गरेका थिए । यो अध्ययन गर्दा मुसामा तनावको प्रतिकुल प्रभावलाई कम गर्नको लागि फाइबरबाट समृद्ध खाद्य पदार्थ खुवाइएको थियो ।
अध्ययन अनुसार आन्द्राको ब्याक्टेरिया, शरीर विज्ञान र व्यवहारको विनिमयनमा रसायनको भूमिका बढ्दै जान्छ । यो अध्ययन ‘द जर्नल अफ फिजियोलोजी’मा प्रकाशित भएको छ ।
अध्ययन गरिएका मुसा तनाव र डिप्रेशनको लक्षणबाट जुधिरहेका थिए र यसको असर उनीहरुको व्यवहार दिमाग र सामाजिक सम्बन्धमा पनि परिरहेको थियो । परिणाममा अगाडि फाइबरयुक्त खाना खाएपछि मुसामा एससीएफएको बढ्दो स्तरको कारण मुसामा तनाव र बेचैनीको स्तर कम भएको थियो ।
शोधकर्ताहरुको भनाई अनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट र पुरै शरीर बीच बाधा उत्पन्न गराउँछ । एससीएफएको माध्यमले यसको उपचार गर्नु राम्रो हुन्छ ।
यो अध्ययनबाट गट ब्याक्टेरियाको कारण दिमाग र व्यवहारमा पर्ने सकरात्मक प्रभावलाई लिएर एक नयाँ तथ्य अगाडि आएको छ । अध्ययन अनुसार खानपानमा पर्याप्तमात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार