कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १६:१०:५३
१६ जेठ, कास्की । कास्कीका स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा हाल कोरोनाका सक्रिय संक्रमित ११५ छन् । नौ वडा रहेको गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा मात्र ६० जनामा संक्रमण पुष्टि भएको हो ।
गत वर्ष कोरोनाको पहिलो चरणमा यस गाउँपालिकामा एक÷दुई जनामा मात्र संक्रमण पुष्टि भएको थियो । शहर कोरोनाको ‘हटस्पट’ हुँदासमेत गाउँमा खासै संक्रमण बढेको थिएन तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरले गाउँगाउँमा संक्रमण बढेको छ । गत वैशाख १५ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू भएकामा निषेधाज्ञाको अवधिमा गाउँमा संक्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
गाउँपालिकामा लक्षणसहितका संक्रमित बढेसँगै अस्पतालमा उपचारको पहुँच अभिवृद्धि गर्नु र परीक्षणको दायरा बढाउनुु चुनौती रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । उनले भने, “गत वर्ष कोरोनाको संक्रमण शहरमा बढी थियो, गाउँमा खासै प्रभाव परेको थिएन तर अहिले भने हामीलाई संक्रमण फैलावट रोक्न ठूलो चुनौती थपिएको छ ।” लक्षण देखिएका बिरामीसमेत परीक्षणका लागि नआउने र स्वास्थ्य मापदण्डको पालना नगर्दा गाउँमा संक्रमण बढेको आचार्य बताउछन् । माछापुच्छ्रेको सार्दिखोला स्वास्थ्यचौकीमा पनि १० शय्याको आइसोलेशन सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका र जिल्लाका अन्य चारवटा गाउँपालिकामा पनि संक्रमण फैलिएपछि स्थानीय तहले आइसोलेशन सेन्टर निर्माण शुरु गरेका छन् । कोरोनाका बिरामीको आधारभूत उपचार गर्न अक्सिजनसहितको आइसोलेशन अस्पताल व्यवस्थापनमा स्थानीय सरकार जुटेका हुन् । कतिपय स्थानीय तहले नयाँ आइसोलेशन थप गर्दै गएका छन् भने विगतका आइसोलेशनकक्षहरूको क्षमता वृद्धि गर्न लागेका हुन् ।
माछापुच्छ्रेले वडा नं ८ स्थित भेँडाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १३ शय्याको अक्सिजनसहितको आइसोलेशन निर्माण शुरु गरेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका तीन चिकित्सकको प्रत्यक्ष निगरानीमा आइसोलेशनमा बिरामीको उपचार गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाका अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहे पनि जटिल स्वास्थ्य अवस्थाका बिरामी पोखरामा उपचार गराइरहेका छन् ।
“संक्रमितको प्राथमिक उपचार पालिकामै गर्र्ने र घरमा एकान्तबास भएर बस्न नसक्ने र स्वास्थ्यकर्मीको निगरानीमा बस्छु भन्नेहरूलाई लक्ष्य गरेर आइसोलेशन निर्माणको अन्तिम चरणमा छौँ”, उपाध्यक्ष दबाडीले भनीन्, “गम्भीर अवस्थाका संक्रमितलाई भने पोखरा सिफारिस गर्नुको विकल्प छैन ।” मादी गाउँपालिको गत वर्ष नै थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको आइसोलेशन तयार गरेको थियो । गत वर्ष सोको त्यति उपयोग नभए पनि यसपटक भने संक्रमित बढेपछि शय्या अभाव भयो ।
गाउँपालिकामा पछिल्लोपटक ११६ कोरोनाका सक्रिय संक्रमित छन् । संक्रमण फैलावट बढ्दै जाँदा थप १५ शय्या विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए । उनका अनुसार केही दिनअघिको गाउँकार्यपालिका बैठक र स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार शय्या विस्तारका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको छ । उनले भने, “लक्षण नभएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामी होमआइसोलेशनमा छन् । चिकित्सको निगरानी आवश्यक पर्ने र केही असहज भएकाहरूलाई आइसोलेशनमा राखिएको छ भने गम्भीर खालका बिरामीलाई पोखरा पठाउने गरेका छौँ ।”
स्वास्थ्य उपकरण, जनशक्ति व्यवस्थापनलगायतका समस्याका कारणले पनि जटिल अवस्थाका संक्रमितलाई पोखरा पठाउने गरिएको बताइन्छ । गाउँपालिकाले कोभिडका बिरामीको उपचारका लागि छुट्टै चिकित्सक व्यवस्था गरेको छ । मादीमा १२ वडा रहेकामा कोरोनाका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजानका लागि दुईवटा एम्बुलेन्स निःशुल्क परिचालन गरेको छ ।
भौगोलिकरूपमा देशकै ठूलो पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाकाले भवनमा १०० शय्याको कोभिड अस्पताल निर्माण गरेको छ । महागनरमा कोरोनाका बिरामी बढ्दै गएको र अस्पतालमा शय्या अभाव हुन थालेपछि महानगरले लान्यस क्लबहरूसँगको सहकार्यमा अक्सिजनसहितको अस्पताल निर्माण गरेको हो ।
महानगर प्रमुख मानबहादुर जिसीले शय्याहरूमा अक्सिजन जडानलगायतका काम सम्पन्न गरेर आगामी बुधबारदेखि बिरामी भर्ना गर्न शुरु गरिने जानकारी दिए । महानगरले १० दिनको अवधिमा सो अस्पताल निर्माण र स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरिएको जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले पनि पाँच शय्याको कोभिड अस्पताल स्थापना गरेर संक्रमितको उपचार शुरु गरेको छ । सो आइसोलेशनमा अक्सिजनलगायतको सुविधा रहेको र २४सै घण्टा चिकित्सको निगरानीमा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको बताइन्छ । रुपा गाउँपालिकाले पनि रुपाकोट अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बिरामीको उपचार र घरघरमै गएर परीक्षणको दायरालार्ई फराकिलो बनाएको अध्यक्ष नवराज ओझाले बताए ।
गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यचौकीमा कोभिडको नियमित स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यचौकीमा उपचार हुन नसकेमा गाउँपालिकाको अस्पतालमा सिफारिसका लागि एम्बुलेन्स सुविधा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । जिल्लाका स्थानीय तहले स्थापना गरेको आइसोलेशन अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि यसअघि प्रदेश सरकारले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु १० लाखका दरले सहयोग रकम विनियोजन गरेका थिए ।
जिल्लाका स्थानीय तहले आफ्नै बजेट र साधन स्रोतबाट कोभिड–१९ का विरुद्ध उपचार, एम्बुलेन्स व्यवस्थापन र स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार