महन्थले पुरानै पार्टी ब्यूउँताउने
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १६:३९:५
१६ जेठ, काठमाडौं । चरम राजनीतिक विवाद र खिचातानीमा परेको जनता समाजवादी पार्टी अब भने विभाजनको दिशामा अग्रसर भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सत्ता संघर्षका कारण बढेको मनमुटाव अब भने विभाजनकै नजिक पुगिसकेको छ ।
दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा आज त्यो पूरा भएसँगै निष्काशनको प्रकृया सुरु गर्न लागेका छन् । तर राजनीतिक दल सम्बन्धी ऐनले केन्द्रीय कार्यसमितिले गरेको निर्णयका आधारमा कारबाही हुने भएकाले ठाकुरमाथिकोले वैधता पाउने अवस्था छ ।
त्यसैले ठाकुर आफ्नो पक्षमा वहुमत जुटाउने प्रयासमा छन् । तर कार्यसमितिमा उनले बहुमत जुटाउने अवस्था देखिंदैन । बरु अब पुरानो राष्ट्रिय जनता पार्टी नै ब्यूँताउने पक्षमा उनी रहेको स्रोत बताउँछ ।
आज दिउँसो १ बजेसम्म स्पष्टीकरणको म्याद दिएका यादवले पनि ठाकुरको रेस्पोन्सका आधारमा थप निर्णय लिने तयारी गरेका छन् । ठाकुर भने उपेन्द्रलाई कुनै जवाफ नदिने बरु पुरानै पार्टी पुनर्गठन गर्ने भएका छन् ।
विघटित संसद्मा उनका पक्षमा यादव निकट सांसद्समेत आएका छन् । उनीहरुलाई समेत व्यवस्थापन गर्ने गरी नयाँ विधान तयार गरेर पुरानो पार्टी नै ब्यूँताउने उनको तयारी रहेको छ । सरकारमा जानुअघि नै यो सबै प्रकृया पूरा गर्ने पक्षमा उनी छन् । त्यसैले आज भोलि नै पुरानो पार्टी ब्यूँताउने उनको मनसाय देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार