महन्थलाई जोगाउन दूतावासको चलखेल !
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १७:२५:२७
१६ जेठ, काठमाडौं । केन्द्रीय कार्यकारिणी परिषदमा अल्पमतमा रहेका जनता समाजवादी पार्टीको महन्थ ठाकुरलाई आधिकारिकता दिन भारतीय पक्ष खुलेरै मैदानमा ओर्लिएको छ । लैनचौरस्थित दूतावासका कर्मचारीले परिषदका कतिपय सदस्यलाई लोभ्याएका छन् ।
स्रोतका अनुसार, हरेक सदस्यलाई एक करोड रुपैयाँसम्म अफर गरिएको छ । दूतावासका कर्मचारीले फोन गरेर महन्थलाई साथ दिन लालच दिन थालेका छन्–कार्यकारिणी परिषदका एक सदस्यले भने ।
हाल ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षमा ३० जना सदस्य रहेका छन् । कार्यकारिणीमा बहुमत नभएकाले महन्थ पक्षले पार्टी फुटाउनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले सदस्यहरुलाई प्रभावित पार्न यस्तो अफर आउन थालेको हो ।
पार्टीको आधिकारिकता आफ्नो पक्षमा नभएसम्म सरकारमा समेत नजाने दाउमा महन्थ पक्ष रहेका छन् । तर अर्का नेता राजेन्द्र महतो भने तत्काल सरकारमा गइहाल्न दबाब सिर्जना गरिरहेका छन् ।
दूतावासको चलखेलले विघटित संसदीय दलमा समेत ठूलो फेरबदल भएको छ । ३२ सदस्यीय संसदीय दलमा ठाकुर र उपेन्द्र दुबै पक्षको आधा आधा अर्थात १६ जना सांसद थिए । तर पछिल्लो अवस्थामा महन्थ पक्षमा २० र उपेन्द्र पक्षमा १२ जना मात्र रहेका छन् । चार जना सांसद्लाई समेत दूतावासले खरिद गरेको स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार