कोरोना महामारी भयाबह तर त्रास घट्दो
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २०:४८:१७
१६ जेठ,बागलुङ । कुनै समय कोरोना संक्रमितको छेउमा पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै डराउने गर्दथ्ये । कति सक्रमितहरुलाई चिकित्सकहरुले फोनबाटै नै स्वास्थ्य स्थितिबारे बुझ्ने गरेका थिए ।
विश्वव्यापी रुपमा नै कोरोना संक्रमण फैलिएपछि सर्वत्र त्रास छाएको थियो । कोरोना संक्रमितलाई अस्पताल पुर्याउन नै गाह्रो पर्दथ्यो कारण एम्बुलेन्स चालक संक्रमितलाई अस्पताल लान तयार हुन्थेनन् । कतै संक्रमित देखिएमा गाउँछिमेकले नै दुरदुर गर्थे । उपेक्षामा पर्ने डरले संक्रमित खुल्न डराउँथे ।
कोरोनाको दोस्रो लहर आइपुग्दा अवस्था त्यस्तो छैन । गत वर्ष भय र आतङ्क बढी थियो, संक्रमण कम । अहिले महामारी भयाबह बनेको छ तर त्रास घट्दो छ । यस अवधिमा कोरोना नियन्त्रण, रोकथाम, उपचार र व्यवस्थापनमा सिङ्गो राज्य संयन्त्र लाग्यो ।
जनस्तरबाट पनि महामारीविरुद्धको लडाईंमा हातेमालो भयो, भइरहेको छ । अहिले संक्रमण तीव्र छ । गाउँगाउँ फैलँदो छ । महामारीको चक्र तोड्न सामूहिक प्रयत्नको खाँचो छ । हरहालतमा संक्रमण रोक्नु छ । त्यसकै लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुक्ष्म योजना’ लागू गरेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको कार्ययोजनामा टेकेर स्थानीय तहहरु अहिले कोरोना नियन्त्रणमा जुटेका छन् । “संक्रमण घटाउने उद्देश्यले सुक्ष्म योजना बनेको हो, पहिले स्वास्थ्यकर्मी मात्रै खट्थे भने अहिले सबै पक्षको भूमिका खोजिएको छ”, उनले भने ।
गाउँ बस्तीसम्मै कोरोना सहजीकरण समूह बनाएर काम थालिएको र त्यसको प्रभावकारिताबारे अनुगमन पनि गरिने कार्यालयले जनाएको छ । कोरोनाविरुद्धको अभियानमा अहिले स्वास्थ्यकर्मीसहित स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, स्वयंसेवी समूहलगायत परिचालित छन् ।
“कतिपय स्थानीय तहले वडास्तरमा रहेका विपद् व्यवस्थापन समितिलाई त्यसको जिम्मेवारी दिएका छन्, कसैले आफ्नो अनुकूल योजना बनाएर काम गरिरहेका छन्”, प्रमुख गुरौले भने । कार्यालयले सातादिन अघि नै सुक्ष्म योजना (माइक्रो प्लान) बनाएर कोरोना नियन्त्रणमा लाग्न परिपत्र गरेको थियो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले पनि सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल र समन्वय गरिरहेको छ ।
समुदायस्तरमा बनेका सहजीकरण समूहले टोलबस्तीमा पुगेर संक्रमितको निगरानी गर्ने, होम आइसोलेशनमा स्वास्थ्य मापदण्ड पालना भए÷नभएको अनुगमन गर्ने, संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा सघाउने, बिरामीको अवस्था हेरेर थप उपचारका लागि अस्पताल पु¥याउन सहयोग गर्नेलगायतका कार्य गर्छन् ।
कोरोना घरघरमा पुगेको भएकाले एकअर्का सदस्यमा सर्नबाट जोगाउनु नै अहिले मुख्य चुनौती छ । होम आइसोलेशनमा बसेका संक्रमितलाई स्वास्थ्य सचेतना, मनोपरामर्श, आधारभूत उपचार र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीको खाँचो छ ।
गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले अझै पनि सोचेजसरी होम आइसोलेशनमा बसेका संक्रमितको निगरानी र अनुगमन गर्न नसकिएको बताए । “स्वास्थ्यकर्मी पनि संक्रमितकामा जान डराए, हिच्किचाए जस्तो अनुभव हामीले गरेका छौँ”, उनले भने, “सम्भव भएसम्म हामी आफैँ पुग्छौँ, नजिकको छिमेकीलाई पनि संक्रमितको गतिविधि निगरानी गर्न लगाएका छौँ ।”
संक्रमित आइसोलेशनमा नबसेको, स्वास्थ्य मापदण्ड पालना नगरेको, बाहिर हिँडडुल गरेको पाइएमा छिमेकीले जनप्रतिनिधिलाई खबर गर्ने गरेका छन् । वडाध्यक्ष भण्डारीले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन नसकिएको बताए । “टाढाटाढा दुर्गमसम्म बस्ती छन्, सम्भावित संक्रमितलाई परीक्षणको दायरामै ल्याउन हामीलाई कठिन भइरहेको छ”, उनले भने ।
गलकोट नपाले एउटा एम्बुलेन्स र दुई जीपलाई सुरक्षित तवरले संक्रमित र सम्भावित संक्रमित बोक्न प्रयोगमा ल्याएको छ । स्वाबको नमूना दिएको चार÷पाँच दिनमा बल्ल रिपोर्ट आउँदा पनि व्यवस्थापनमा समस्या निम्तने गरेको छ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा स्वाबको चाप छ ।
सीमित स्रोतसाधनका बाबजुत महामारीविरुद्ध सङ्घर्षरत स्थानीय तहका जनप्रतिनिधि पनि अहिले निर्धक्कसाथ सङ्क्रमितको घरदैलोमा पुगिरहेका देखिन्छन् । स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्दा संक्रमित र तिनका परिवारको मनोबल बढ्छ । कतिपय जनप्रतिनिधिले औषधि, पौष्टिक आहार, स्वास्थ्य सामग्रीसमेत बाँडिरहेका छन् ।
धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले होम आइसोलेशनमा बसेका संक्रमितको नियमित निगरानी गर्नुपर्ने बताए । “एकै रातमा पनि समस्या जटिल बन्न सक्छ”, उनले भने, “स्वस्थकर आहार, उचित हेरचाह, नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्छ ।”
होम आइसोलेशनमै बसेका कतिपय संक्रमितलाई स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र अस्पताल ल्याउँदा बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले सुनाए । “गाउँमै मेडिकलबाट आफूखुशी औषधि किनेर खाने गरेको पनि पाइएको छ”, उनले भने, “अक्सिजन घट्न थाल्यो, संक्रमितलाई स्वास फेर्न गाह्रो भयो भने तुरुन्त अस्पताल ल्याउनुपर्छ ।”
धवलागिरि अस्पतालमा अहिले ३४ जना संक्रमित उपचाररत छन् । तीमध्ये तीन जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या एक हजार बढी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार