बेलायतका प्रधानमन्त्री जोन्सन गरे तेस्रो विवाह
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २१:३:३५
१६ जेठ, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।
उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका छन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।
बेलायतमा कोरोना भाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।
उनीहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको भएको छ भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार