आज शेयरबजारमा १७ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २२:४५:४३
१६ जेठ, काठमाडौं । आइतवार शेयर बजारमा उल्साहपूर्ण कारोबार भएको छ ।
यो दिन कारोबार रकमले फेरी पनि रेकर्ड ब्रेक गर्दै १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । उक्त रकम बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर यो दिन कारोबार भएको छ ।
नेप्से परिसूचक उच्च विन्दूमा
२ हजार ८३६ दशमलव ११ विन्दुदेखि खुलेको बजार २ हजार ८५४ दशमलव ४६ विन्दुसम्म पुगेको थियो भने २ हजार ८१५ दशमलव १९ विन्दुसम्म झरेको थियो ।
अघिल्लो कारोबार दिनभन्दा १२ दशमलव ५४ अंक अर्थात् शून्य दशमलव ४५ प्रतिशत बढेर नेप्से परिसूचक यो दिन २ हजार ८२७ दशमलव ९३ विन्दुमा बन्द भएको छ ।
कुन कम्पनीको सर्वाधिक कारोबार ?
हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ४७ करोड ४० लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ८ दशमलव शून्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता १९ ले बढेर अन्तिम मूल्य २५४ कायम भएको छ ।
दोहोरो अंकले परिसूचक बढेको यो दिन १७ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यी मध्य ज्योति विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो । ज्योति विकास बैंकको शेयरमूल्य प्रतिकित्ता ३३ ले बढेर अन्तिम मूल्य ३६३ पुगेको छ ।
यो दिन आखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत, गुडवील फाइनान्सको ९ दशमलव ९५ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ९४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र सोल्टी होटलको ९ दशमलव ९१ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ८९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत शेयरमूल्य बढेको छ ।
यसैगरी दिव्यश्वरी हाइड्रोको ९ दशमलव ८० प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७२ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ६९ प्रतिशत, सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ६८ प्रतिशत, सिन्धु विकास बैंकको ९ दशमलव ५४ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९ दशमलव ३४ प्रतिशत र रिलायन्स फाइनान्सको ९ दशमलव शून्य १ प्रतिशत शेयरमूल्य बढेको हो ।
आइतवारको बजारमा विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको शेयरमूल्य सर्वाधिक ७ दशमलव ३९ प्रतिशत बढेको हो ।
त्यस्तै यो दिन वित्त समूहको ५ दशमलव शून्य ८ प्रतिशत, होटल्स तथा पर्यटनको ४ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ८७ प्रतिशत, बैंकिङ्गको १ दशमलव शून्य ७ प्रतिशत, निर्जिवन बीमाको शून्य दशमलव ४३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशतले घट्दा लघुवित्तको १ दशमलव ३७ प्रतिशत, व्यापारिको शून्य दशमलव ७३ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ९ प्रतिशत, र लगानी समूहको शून्य दशमलव २७ प्रतिशत परिसूचक घटेको छ ।
सरकारले यस वर्ष पूँजीबजार विकास र विस्तारका लागि दिर्घकालिन लगानीलाई जोड दिर्दै पूँजीगत लाभकरको दर परिवर्तन गरेको छ । अल्पकालिन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।
यस अघि संस्थापक शेयरधनीहरुले १० प्रतिशत र सर्वसाधारण शेयरधनी अर्थात् व्यक्तिगत शेयरधनीहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
अव भने एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरी प्राप्त लाभबाट सरकारलाई ७ दशमलव ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिसम्म शेयर कायम गरी कारोबार गर्दाको लाभबाट सरकारलाई ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार