बेनी अस्पतालको भेन्टिलेटर र आइसियु सञ्चालन हुन सकेन
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १७:७:२०
१७ जेठ,म्याग्दी । बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । गत असारमा स्थापना गरिएको आइसियु र भेन्टिलेटर जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो ।
दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आइसियु सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो ।
प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष कटुवालले जानकारी दिए ।
आइसियु कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवाल बताउछन् । “अस्पतालमा हाल मौजुदामध्ये थप छ चिकित्सक र १२ स्टाफ नर्स आवश्यक पर्छ”, उनले भने, “प्रदेश सरकारसँग जनशक्ति उपलब्ध गराउन नसके आन्तरिक स्रोतले व्यवस्थापन गर्न भए पनि अनुमति मागेका छौँ ।”
अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलका अनुसार आकस्मिकरूपमा छोटो समयका लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । “आइसियुमा राख्नुपर्ने बिरामीको सङ्ख्या कमै हुन्छ”, उनले भने “अरु विकल्प नभएको अवस्थामा आइसियु सञ्चालन भएको छ ।”
गत वर्षदेखि मिर्गौला पीडितका लागि डायलासिस सेवासमेत सञ्चालन गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले थप जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताए ।
बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयवासीले समेत सेवा लिँदै आएका छन् । कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन आइसियु र भेन्टिलेटर प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महसुस भएको स्थानीयवासी खम थापाले बताए ।
अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना हुनु दुःखद् रहेको बेनी नगरपालिका–६ का नारायण शर्माले बताए । बेनी अस्पतालमा एचडियु र अक्सिजनसहितको २५ शय्या क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना संक्रमितको उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार