बिक्री नहुँदा खेतबारीमै कुहिन थाल्यो तरकारी
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २३:२३:५७
१७ जेठ,चितवन । किसानले उत्पादन गरेको तरकारी खेतबारीमा नै कुहिन थालेका छन् । निषेधाज्ञाका कारण तरकारीले मूल्य नपाउँदा र बिक्री नहुँदा कुहिन थालेका हुन् । तरकारी खेतबारीमै कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । बारीको तकारी टिपेर बजार पु¥याउँदा लाग्ने खर्च समेत नधान्ने उनीहरु गुनासो गर्दछन् ।
जिल्ला ताजा तरकारी फलफूल उत्पादक सहकारी संघ चितवनका सचिव रामचन्द्र रेग्मीका अनुसार आज बजारका करेला प्रतिकेजी रु पाँचमा पनि बिक्री गर्न मुश्किल परेको थियो । गत चैतको पहिलो हप्ता सो तरकारी प्रतिकेजी रु १ सय २० मा बिक्री भएको थियो । अहिले तनेबोडी प्रतिकेजी रु १० मा बिक्री हुने गरेको छ । यसको पहिलेको मूल्य रु १ सय २० नै थियो । उनका अनुसार रु ९० मा बिक्री भएको घिरोला अहिले प्रतिकेजी रु २५, रु ८५ मा बिक्री भएको रामतोरी रु १५ मा समेत बिक्री गर्न कठिन छ । रु ५ मा झरेको गोलभिँडा रु २५ सम्ममा बिक्न शुरु भएको छ । रु १० मा बिक्री हुन नसकेको भेन्टा रु १५ सम्ममा बिक्न थालेको उनले जानकारी दिए । चिचिण्डा बिगतमा झै रु २० हाराहारीमा बिक्री भएको छ ।
नारायणगढ स्थित तरकारी तथा फलफूल स्थलमा निषेधाज्ञा जारी भएपछि दैनिक दुईदेखि तीन टन तरकारी बिक्रीहुन नसकेर खेरा जाने गरेको बताइएको छ । तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका किसान चिन्तित छन् । भरतपुर महानगरपालिका २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आएका सुनिल गुरुङ्ले बजारमा उचित मूल्य पाउन नसकेको गुनासो गरे । उनको बारीमा अहिले लौका, करेला, तनेबोडी, स्टिकलेस बोडी, सिमि र घिरौला रहेका छन् । उनले भने “दैनिक १ देखि १ दशमलब ५ टन तरकारी बजारमा जान्छ । पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।”
अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा बहोर्नु परेको उनले जानकारी दिए । खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आएकी सुभद्रा सुवेदीले किसानसंग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको विकल्प नरहेको बताउछिन् । उनले भनीन् “स्थानिय प्रशासनले हाटवजारहरु बन्द गरिदिदाँ र बजारसम्म पु¥याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।”
निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेको भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेको उनको गुनासो छ । उनले तरकारीहरु अन्य बालीजस्तो भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिएर खेरा जान्छ । पश्चिम चितवन तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी स्थानिय वजार संगै काठमाडौँ, पोखरा, बुटवल जाने गरेको थियो ।
अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, रामतोरी, भेन्टा लगायतका तरकारी बजार लैजाने अवस्थामा छन् । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवथा रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताए । बन्दाबन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको र कुहिएर जान थालेको उनले जानकारी दिए ।
जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हुँदै आएको छ । यस समयमा दुई हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइँदै आएको छ । वार्षिक रुपमा जिल्लामा एक लाख मेट्रिकटनको हाराहारीम उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । व्यवसायीले यहाँबाट पश्चिममा धनगढी र पूर्वमा बिर्तामोडसम्म तरकारी लैजान्थे । अहिले कोहोलपुर पश्चिम र हेटौडा पूर्व तरकारी जान सकेको छैन । तरकारी यात्रुवाहक बसको छतमा राखेर पठाइन्थ्यो । अहिले सार्वजानिक यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकिएको व्यवसायीको भनाई छ । । स्थानीय स्तरमा आफ्नै उत्पादन हुने मौषम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट बन्दसंगै भोजभतेर नहुँदा तरकारीको खपत समेत घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार