चितवनमा आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालन
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १७:१५:१९
१८ जेठ,चितवन । चितवनमा २० शय्याको आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरको शिवनगरमा आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
लाक्षणिक उपचारका लागि आयुर्वेद औषधिको प्रयोग गरी उपचार गरिने लक्ष्य लिइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग एवं भरतपुर महानगरको स्थानीय सहयोगमा प्रस्तावित प्रादेशीक आयुर्वेद अस्पताल निर्माण स्थलमा सोमबार साँझ आइसोलेशन केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्घाटन गरे । सो अवसरमा दाहालले जिल्लामा आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको सम्भावन धेरै रहेको बताए । उनले भने, “कोरोनाको पहिलो लहरमा हामीले ५०० संक्रमितको प्राकृतिक चिकित्सा विधिबाट उपचार ग¥यौँ ।”
प्रमुख जिल्ला अधिकारी लामिछानेले कोभिड संक्रमण भई सामान्य लक्षण भएका सङ्क्रमितको उपचारमा आयुर्वेद आइसोलेशन प्रभावकारी हुने बताए । सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनका सञ्चालक एवं व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकु्मार श्रेष्ठ, सोही कार्यालयका प्रमुख आयुर्वेद चिकित्सक डा कोपिला अधिकारीलगायतले बोलेका थिए ।
कार्यक्रममा आयुर्वेद चिकित्सक अधिकारीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा जारी कोभिड महामारी रोकथाम, नियन्त्रण एवं उपचार निर्देशिकामा आधारित भई उपचार सेवा दिइने जानकारी दिनुभयो । निःशुल्क सेवा दिइने आइसोलेशनमा चिकित्सकसहित आयुर्वेदका स्वास्थ्यकर्मी रहने छन् । आइसोलेशन केन्द्र अक्सिजनसहितको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, वायुप्रदूषण तह बढेर शिर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार