तीन वाणिज्य बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बिहिबार १:५८:८
१९ जेठ, काठमाडौं । बुधबार शेयरबजारमा नौ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन तीन वाणिज्यबैंकसहित अन्य ६ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन नेपाल बंगलादेश बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो र मन्जुश्री फाइनान्सको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
अरुण भ्याली हाइड्रो
यस दिन सबैभन्दा बढि अरुण भ्याली हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ७ लाख ७१ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कम्पनीको शेयरमा ७ लाख ७१ हजार कित्ता शेयर खरिद माग आउदा १ लाख बढि कित्ता बिक्री आदेश रहेको छ ।
पछिल्लो केही दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेका छ ।कम्पनीले हालै हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन गरेसंगै कम्पनीको शेयर खरिद गर्नेको दैनिक भिड लाग्ने गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ५ लाख २१ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ५ लाख २१ हजार कित्ता खरिद माग आउँदा १ लाख ४३ हजार कित्ता बिक्री आदेश रहेको छ ।
यस दिनसम्म बैंकको शेयरमूल्य ५२३ रुपैयाँ पुगेको छ । पछिल्लो केही दिन बैंकको शेयरमा सबैंभन्दा बढि खरिद माग रहेका छ ।
पुनर्बीमा कम्पनी
यस दिन लगानीकर्ता पुनर्बीमा कम्पनीको शेयरमा झुम्मिएका छन् । कम्पनीको शेयरमा २ लाख २५ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् ।
कम्पनीको शेयरमा २ लाख २५ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश ७० हजार कित्ता रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च शेयरदरिद माग हुँदा कम्पनीको शेयर ९ प्रतिशत बढिका दरले वृद्धि भएको हो । आज कम्पनीको शेयरमूल्य १६९ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य १७९० रुपैयाँ पुगेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको शेयरमा ५ लाख ५३ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ५ लाख ५३ हजार कित्ता खरिद माग आउँदा १ लाख ८४ हजार कित्ता बिक्री आदेश रहेको छ ।
माछापुच्छ्रे बैंक
नेपाल बैंकको शेयरमा २ लाख ३४ हजार कित्ता खरिद माग रहेको छ । २ लाख ३४ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा ९८ हजार बिक्री आदेश रहेको छ ।
त्यस्तै, मन्जुश्री फाइनान्सको शेयरमा २ लाख ३५ हजार र नागरिक लगानी कोषको शेयरमा ४ लाख ३४ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार