मंगलबार , असार ८, २०७८

मुख्यमन्त्री पोखरेल भन्छन्, बालुवा-गिट्टीको निकासीले चुरे क्षेत्रको विनास होइन संरक्षण हुन्छ !

मुख्यमन्त्री पोखरेल भन्छन्, बालुवा-गिट्टीको निकासीले चुरे क्षेत्रको विनास होइन संरक्षण हुन्छ !

२० जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुरे क्षेत्रबाट हुने बालुवा-गिट्टीको निकासीले चुरे क्षेत्रको विनास नभइ संरक्षणमा योगदान पुग्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले यो विषयलाई चुरे क्षेत्रको विनाशसँग जोडेर भ्रम सृजना नगर्न आग्रह गर्दै यस्तो धारणा राखेका हुन । बालुवा, गिट्टी, ढुङ्गाजस्ता कुराको निकासीले चुरे क्षेत्रको संरक्षणमा थप योगदान पुग्ने पोखरेलको दावी छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

‘चुरेमा हुने अवैध उत्खनन समेत रोकिन गइ तराईको खेतीयोग्य जमिनको सुरक्षा हुनेछ र नेपालको व्यापारघाटा कम गर्न समेत मदत पुग्नेछ । साथै नेपालको विकासका लागि विदेशी ऋणको मात्रा कम गर्न सहयोग पुग्नेछ । तसर्थ यस्तो विषयलाई चुरे क्षेत्रको विनाससँग जोडेर भ्रम सिर्जना नगरौं । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्नसक्ने कार्यक्रमका रुपमा यस सोचलाई आत्मसात गरौ। ‘ मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन् ।

सरकारले गत शनिवार सार्वजनिक गरेको बजेट वक्तव्यमा ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने भन्ने व्यवस्था भएपछि  उक्त ब्यवस्थाप्रति आलोचना बढेको हो । बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा लेखिएको छ : वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप-वे निर्माण गर्ने र आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था गरिएको छ ।’

व्यापार घाटा बढेकाले ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने योजना रहेको, तर वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै यो काम हुने सरकारको तर्क छ । चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

विभिन्न राजनीतिक दलका नेता र विज्ञहरुले भने यो निर्णयबाट तराई क्षेत्र मरुभूमिमा बदलिने र चुरे तहसनहस हुने भएकाले तत्काल फिर्ता लिन माग गरेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रता विरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति प्रेस स्वतन्त्रता विरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति ३ दिन पहिले
आलोचना र विवादमा तानिदै प्रदेश प्रमुख अहिराज   आलोचना र विवादमा तानिदै प्रदेश प्रमुख अहिराज   ४ दिन पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] ६ दिन पहिले
दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ] १ हप्ता पहिले
गण्डकी प्रदेश सरकारको प्राथमिकतामा पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा ? [ भिडियाेसहित ] गण्डकी प्रदेश सरकारको प्राथमिकतामा पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा ? [ भिडियाेसहित ] १ हप्ता पहिले
अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल   अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल   २ हप्ता पहिले

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय