बुधबार , असार २, २०७८

महोत्तरीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

महोत्तरीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

२० जेठ,महोत्तरी । महोत्तरीमा जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । योसंगै जिल्लामा चौथो पटक निषेधाज्ञा जारी गरिएको हो । यही जेठ १० गतेदेखि आज जेठ २० गतेसम्म तेस्रो पटक जारी गरिएको अवधि सकिँदै छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो ।

जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दुध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जिल्लामा अहिले बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महाव्याधि संक्रमणले ६९ जनाको ज्यान गइसकेको छ । यस अवधिमा दुई हजार ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस अवधिमा ४८५ जनाले संक्रमण जितेका छन् । अब एक हजार ७७८ जनामा अझै संक्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय